समाज

बिष्णुपुरमा दुई पक्षबीच झडप : पाँच घाइते, छ जना फरार

पब्लिक प्रेस ।

नविन यादव निर्भय।

सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका–६ स्थित सरदार टोल र सदा टोलबीच बुधबार राति मदिरा सेवनपछि उत्पन्न विवादले उग्र रूप लिँदा झडप भएको छ। झडपमा दुवै पक्षका पाँच जना घाइते भएका छन् भने छ जना फरार रहेका छन्।

प्रहरीका अनुसार, झगडामा सरदार टोलका शिवकुमार सरदार (४८), अजय सरदार (२८), मन्जय सरदार (२८) र लक्ष्मी सरदार (२८) घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि धरान रेफर गरिएको छ। सदा टोलका ललकु सदा (५०) सामान्य घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। कुटपिटमा संलग्न भई फरार रहेका ६ जनाको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button