समाचार

‘५ मिनेटमा दुर्घटना पक्का’ — समय तोक्ने नियमविरुद्ध माईक्रो चालक सडकमा

नविन यादव निर्भय

राजविराज — सप्तरीको राजविराजमा माईक्रो चालकहरूले संगठनको समय व्यवस्थापनको विरोधमा आज बिहान झल्हीको पम्प नहर क्षेत्रमा चक्का जाम गर्दै आवागमन अवरुद्ध गरेका छन्।

श्याम ड्राइभर माईक्रो चालकका अनुसार संगठनले तोकेको ५ मिनेटको कडा प्रस्थान समय यात्रु तथा चालक दुवैका लागि जोखिमपूर्ण बनेको छ। उनका शब्दमा, “यस्तो समयले हामीलाई बाध्यतामा ओभरटेक गर्नुपर्छ, जसले दुर्घटनाको जोखिम बढाउँछ। बारम्बार आग्रह गर्दा पनि समय नबढाएपछि हामी सडकमा उत्रिएका हौं।”

चालकहरूले चेतावनी दिएका छन्—निर्धारित समय संशोधन नभएसम्म र सडकको दयनीय अवस्था सुधार नभएसम्म उनीहरूको आन्दोलन जारी रहनेछ। “दुर्घटना भए यसको सम्पूर्ण जिम्मेवारी संगठनले लिनुपर्छ,” उनीहरूले स्पष्ट सन्देश दिएका छन्।

चक्का जामका कारण राजविराज–सुनसरी खण्डको यातायात सेवा ठप्प हुँदा यात्रुहरू अलपत्र परेका छन्। प्रहरीले वार्ता मार्फत समस्या समाधानको पहल थालेको जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button