पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
सिरहाको सुखीपुर नगरपालिका वाड नम्बर ४ पोखरियाबाट ठूलो परिमाणमा लुकाइछिपाइ राखिएको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
शुक्रबार बिहान ६ बजेको समयमा गोप्य सूचनाको आधारमा ६० वर्षीय मेदी यादवको घरमा चेकजाँच गर्दा घर भित्र २६ र थप १ गरी २७ पोका गाँजा बरामद भएको हो । घरधनी यादव भने फरार छन् ।
बरामद भएको २७ पोका गाँजा तौल गर्दा कुल ७ सय १७किलो ६ सय ग्राम रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ । फरार रहेका मेदी यादवको खोजीका कार्यसँगै थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।









