समाचार

महादेवाले कृषि मिटरको बिल तिर्नेदेखि सुत्केरी आमालाई प्रोत्साहन भत्तासम्म दिने

पिन्टु यादव/पब्लिकप्रेस
राजविराज।महादेवा गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि,स्वास्थ्य र शिक्षा क्षेत्रमा उचित बजेटसहितको कार्यक्रम सार्वजनिक गरेको छ।सो कार्यक्रमहरु बमोजिम सुविधा प्राप्त गर्न गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलद्वारा हस्ताक्षरित पत्र प्रत्येक वडालाई पत्राचार गरिएको छ।
जसमा कृषि मिटर निशुल्क,जिल्लाभित्र निशुल्क एम्बुलेन्स सेवा, सुत्केरी आमाहरूलाई प्रोत्साहन भत्ता,गरिब विपन्नको मृत्यु हुँदा किरिया बापतको खर्च व्यहोर्ने लगायतका कार्यक्रमहरु छ्न।

यो पालिकाको नागरिकहरु कृषि पेशामा आधारित रहेको पाइन्छ ।यहाँका मानिसहरुको मुख्य आय कृषि आमदानी नै हो। पालिकाका ९५ प्रतिशत नागरिकहरुको कृषि पेशा नै मुख्य आयस्रोत रहेको तथ्यांकले देखाउँछन् ।

यस अर्थमा पालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि किसानहरुको कृषि उत्पादनमा लाग्ने लगानीमा सहुलियत दिने कार्यक्रम पारित गरेका छ्न।पालिकाभित्रका किसानहरुको कृषि मिटर बापतको रकम गाउँपालिकाले नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी गरिदिन बजेट बिनियोजन गरेका छन।यस माध्यमबाट पालिकाका किसानहरुले सिंचाइका लागि लाभ लिने भएको छ।

यसैगरी,गर्भवती महिला तथा दुर्घटनामा परेका घाइतेहरूलाई जिल्लाभित्र एम्बुलेन्समा निशुल्क पुर्याइदिन समेत बजेट बिनियोजन गरिएको छ।यसैगरी गरिब र विपन्न परिवारमा मृत्यु हुँदा किरिया बापत १० हजार रुपैयाँ नगद सहयोग गर्ने भएको छ।
अबदेखि यो पालिकाभित्रका सुत्केरी आमाहरूलाई प्रोत्साहन बापतको अधिकतम दुई पटकसम्म पाँच हजार भत्ता दिन बजेट विनियोजन गरेको छ।’सुत्केरी आमा प्रोत्साहन कार्यविधि २०८२ बमोजिम प्रत्येकपटक पाँच हजार रुपैयाँ भत्ता दिने बताइएको छ।

६ वटा वडामा बिभाजित यो पालिकामा ५९ प्रतिशत मात्रै साक्षरता रहेको पाइन्छ ।त्यसकारण,आवश्यकता अनुसार उचित बजेट,पारदर्शिता र समावेशीता सुनिश्चित गर्दै सेवा सुधार गर्नु महत्त्वपूर्ण देखिन्छ ।यसका लागी पालिकाले गरिब र विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न पालिकाले छात्रवृत्ति उपलब्ध गराउन बजेट छुट्याएको छ।

सेवा सुधार र निरन्तर संवादको माध्यमले गाउँकार्यपलिकाले बजेट,निति तथा कार्यक्रम ल्याउन सके जनचाहना र नेतृत्वबीचको दुरी कम हुने पालिकावासीहरुले अपेक्षा गरेका छ्न।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button