पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
सप्तरी प्राइड ७ औ संस्करणको उपाधी तिरहुत टाईगर्सले हात पारेको छ । पब्लिक विन्देश्वरी माध्यमकि विद्यालयको खेल मैदानमा भएको बिहिबार फाईनल खेलमा राजविराज राजदेवी रोयललाई ९ विकेटले पराजीत गर्दै फाईनलको उपाधी हात पारेको हो ।
राजदेवी रोयलले दिएको ९३ रनको लक्ष्य टाईगर्सले एक विकेट गुमाउँदै सजिलै १५.३ ओभरमा भेटायो । टाईगर्सका लागि अपनिङ गर्न आएका भोला साहले अभिजीत रहँदै १५ ओभरको तेश्रो बलमा छक्का प्रहार गर्दैै टिमलाई विजयी बनाएका थिए । उनले आफ्ना अर्धशतक समेत पुरा गरे । त्यस क्रममा उनी ५ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै, निजर यादव अभिजीत १८ रनको सहयोग गर्दा उनका टिम सजिलै विजयी हुन् सफल भए । राजदेवी रोयल बलिङतर्फ नितेश यादवलाई विकेट भेटे ।
यसअघि, टस जितेर राजदेवी रोयलले पहला ब्याटिङ् गर्दै निर्धारित २० ओभरमा ९२ रनको योगफल तयार पारेको थियो । राजदेवी रोयलका ब्याटिङतर्फ रोहन बिक सर्वाधिक २३ रनको योगदान दिएका थिए । त्यस्तै, अभिषेक तिवारी १९ र जितु यादव अभिजीत १८ बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक सम्म पुग्न सकेन ।
तिरहुतका बलिङतर्फ श्रवण यादव ३, अनिल यादव र चित्रबहादुर विष्टले समान २÷२ तथा राहुल मण्डल र अजय यादवले समेत १÷१ विकेट लिन सफल भएका थिए ।










