समाचार

मुख्यमन्त्री सिंह र मन्त्री यादवबीच सहमति: मधेशमा खानेपानी सुधारका ससर्त योजना कार्यान्वयन हुने”

पब्लिक प्रेस ।

मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय सरकारका  खानेपानीमन्त्री प्रदीप यादववीच आज जनकपुरधाममा भेटवार्ता भएको छ । मधेश प्रदेशमा विद्यमान खानेपानी समस्या समाधानको लागि संघीय र प्रदेश सरकारले संयुक्त रूपमा अभियानकै रूपमा अगाडी बढने सहमति भएको छ ।

संघीय र प्रदेश सरकारका संयन्त्रहरुलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि क्रियाशील गर्ने कार्य सुरु भएको छ । संघीय र प्रदेश सरकारले भएका साधनस्रोतको अधिक्तम प्रयोग गरि खानेपानी समस्या समाधान गर्ने र खानेपानीसंग सम्वन्धित ससर्त योजनाहरुलाई तत्काल कार्यान्वयन गरिने गरि काम अगाड़ी बढाइनेछ ।

जनताले भोगिरहेको खानेपानी संकटका वेला जनताकै साथमा खड़ा भई दुवै तहका सरकारको अनुभुति हुने गरि काम अगाडी बढाउन सरोकारवाला मन्त्रालय र निकायलाई निर्देशन दिइएको छ ।
भेटका क्रममा मधेश प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित मन्त्रालयका विज्ञ र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button