समाचार

विद्यार्थी जनमत संघद्वारा SEE २०८२ को नतिजा बारे शिक्षा मन्त्रालयमा ज्ञापनपत्र

पब्लिक प्रेस। 

काठमाडौं । हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजामा मधहरूमा देखिएको असमानताप्रति गम्भीर चासो व्यक्त गर्दै विद्यार्थी जनमत संघले आज शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।

संघको भनाइ अनुसार, मधेश प्रदेशमा मात्र ७२ प्रतिशत विद्यार्थी फेल हुनु शिक्षा प्रणालीको विश्वसनीयता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाउने विषय भएको छ। उनीहरूले मूल्यांकन प्रणाली अन्यायपूर्ण रहेको र यसले हजारौं विद्यार्थीहरूलाई मानसिक दबावमा पार्ने खतरा रहेको बताएका छन्।

ज्ञापनपत्रका प्रमुख मागहरू:
– भौतिक पूर्वाधारको सुधार
– शिक्षण–सिकाइको गुणस्तरमा सुधार
– शिक्षक व्यवस्थापनमा पारदर्शिता
– छात्रा तथा सिमान्तकृत समुदायप्रति विशेष ध्यान
– गरिब तथा दलित विद्यार्थीहरूका लागि विशेष शैक्षिक प्याकेज
– प्रविधि तथा रोजगारमुखी शिक्षा प्रणालीको विकास
– शिक्षक दरबन्दीमा सुधार तथा विमान यातायातको पहुँचमा ध्यान

संघका केन्द्रीय संयोजक पोषण कुमार यादवले शिक्षा कुनै पार्टीको विषय नभई राष्ट्रको मेरुदण्ड भएको उल्लेख गर्दै शिक्षा मन्त्रालयलाई तत्काल सुधारात्मक कदम चाल्न आग्रह गरे।

उनका अनुसार, प्रदेश, संघ तथा स्थानीय तहको भूमिकाबारे स्पष्टता आवश्यक छ, र विशेषतः मधेश प्रदेशको कमजोर नतिजाले विद्यार्थीहरूको एक दशकको भविष्यसँग खेलवाड भएको आरोप लगाइएको छ।

जनमत पार्टीका केन्द्रीय सदस्य नेहाल सिंह, केन्द्रीय उपाध्यक्ष अबदुल खान, र विद्यार्थी जनमत संघका केन्द्रीय संयोजक पोषण कुमार यादव लगायतले शिक्षा प्रणालीमा गुणस्तर, समानता, अनुशासन तथा पारदर्शिता कायम गर्नका लागि तत्काल सुधार आवश्यक रहेको संघको माग छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button