पब्लिक प्रेस ।
सप्तरी, असार २१ — प्रेस मंच नेपाल, सप्तरीले संगठनका सदस्य बैद्यनाथ यादवमाथि पाँच वर्षे निष्कासनको सिफारिश गरेको छ। संगठनले अध्यक्ष उपेन्द्र यादव, सचिव शैलेन्द्र प्रसाद साह तथा केन्द्रीय सदस्य शैलेन्द्र मोहन झाको विरुद्ध तथ्य र प्रमाणविहीन समाचार लेखी चरित्रहत्या प्रयास गरेको आरोपमा कारबाही अघि बढाएको हो।
असार १८ गते लिखित जवाफ मागिएको पत्रलाई वेवास्ता गर्दै यादवले कुनै स्पष्टीकरण नपठाएपछि जिल्ला कार्यसमितिले असार २१ गतेको बैठकमा सर्वसम्मत निर्णय गर्दै कारबाही प्रक्रिया प्रारम्भ गर्यो।
यससँगै, यादव अघिल्लो पटक “पैसा डबल” हुने नाममा भ्रम फैलाउने प्रकरणमा पनि मुछिएका थिए। सो घटनाले संगठनको साखमा आँच पुगेको भन्दै समिति गम्भीर बनेको एक स्राेतले जनकारी दिए।
जिल्ला कार्यसमितिको निर्णय अनुसार२१ गते बाट यादवलाई संगठनको कुनै गतिविधिमा सहभागी हुन नपाउने घोषणा गरिएको छ। साथै, उक्त सिफारिश केन्द्रीय कार्यसमितिमा अग्रसर गरिएको छ।
प्रेस मंच नेपालले सत्य, मर्यादा र नैतिक पत्रकारिताको पक्षमा कठोर निर्णय लिँदै आएको जनाएको छ। संगठनले पत्रकारिताको स्वतन्त्रता र उत्तरदायित्व बीचको सन्तुलन कायम राख्ने प्रयासका क्रममा अनियमितता गर्ने सदस्यप्रति शून्य सहनशीलता देखाएको हो।
प्रेस मञ्च सप्तरीका अध्यक्ष धर्मपाल राउतकाे अध्यक्षतामा सम्पन बैठकले बोद्धार्थमा केन्द्रीय कार्यसमितिलाई पत्राचार गरिएको छ भने बैद्यनाथ यादवलाई औपचारिक रूपमा जानकारी गराइएको एक स्राेतले जनकारी दिए ।
पब्लिक प्रेस अनलाइनमा २०८२ असार २२ गते सम्प्रेषण गरिएको “तथ्यविहीन रिपोर्ट र ‘पैसा डबल’ प्रकरणपछि बैद्यनाथ पत्रकारलाई प्रेस मंच नेपालबाट पाँच वर्षे निष्कासन सिफारिश”भन्ने शिर्षककाे समाचार तथ्यपरक, सत्य र विश्वासिलो रहेको सम्पूर्ण पाठकवर्गमा जानकारी गराउँदछु । सम्बन्धित समाचार प्राप्त प्रमाणकाे आधारमा तयार गरिएकाेमा भुलवश प्रेस मञ्च सप्तरीका अध्यक्ष धर्मपाल राउतकाे अध्यक्षतामा सम्पन बैठकले उक्त निर्णय गरेकाे हुनुपर्नेमा अन्यथा हुन गएकाेमा सच्चयाईएकाे जानकारी गराउँदछु । – सम्पादक










