समाचार

फलाे-अप “व्याजसहित रकम बुझाउने वडा अध्यक्ष मण्डलविरुद्ध अख्तियारको गहन छानबिन जारी”

नविन निर्भय यादव ।

सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ७ मा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित वडा अध्यक्ष हरिनारायण मण्डलविरुद्ध उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गहन छानबिन प्रारम्भ गरेको छ। सार्वजनिक सम्पत्तिको दुरुपयोग, बिना स्वीकृति रूख कटानी, तथा जानकारी नदिनुजस्ता कार्यहरू मण्डलद्वारा भएको स्थानीय स्रोतले उल्लेख गरेका छन्।

-मण्डलले मंसापुरस्थित वडा कार्यालय परिसरबाट काठका दराज, आम जातका रूख र सभेदी जातका रूख बिना वन कार्यालयको स्वीकृति कटानी गरी विक्री गरेका छन्।
यस घटनासम्बन्धी उजुरी असार २७ गते अख्तियारको इटहरी क्षेत्रीय कार्यालयमा दर्ता गरिएको हो।

अनुसन्धान प्रारम्भ भएपछि मण्डलले असाड ३ र १० गते राजस्व खातामा ९७,००० रुपैयाँ मूलधन र २१,०१७ रुपैयाँ व्याज सहित कुल १,१८,०१७ रुपैयाँ फिर्ता गरेका छन्।
– स्थानीयहरूले यसलाई अपराधको स्वीकारोक्ति भनेका छन्, र मण्डलविरुद्ध कडा कारबाहीको माग बढ्दो छ।

कानुनी आयाम
– वन ऐन २०७६ अनुसार बिना अनुमतिबाट रूख कटानी गर्नु गम्भीर अपराध हो, जसमा जरिवाना वा कैद सजायको व्यवस्था छ।
– सूचनाको हक ऐन उल्लंघनको पृष्ठभूमिमा थप कारबाहीको सम्भावना रहेको अख्तियार स्रोतले जनाएको छ।

राजनीतिक प्रतिक्रिया
– स्थानीय नेता रमबिलास मण्डलले भने, “हामी यस्ता नेताको साथमा छैनौं जसले जनताको भरोसा तोड्छ।”
– विपक्षी दल नेपाली कांग्रेसका नेता गुलाब सिंहले भने, “रकम फिर्ता गर्नु माफी होइन, अपराधको प्रमाण हो।”

हरिनारायण मण्डलविरुद्धको मुद्दा केवल एक व्यक्तिको होइन, यो सुशासन, जवाफदेहिता र जनप्रतिनिधिको नैतिकताको विषय हो। अख्तियार आयोगको निष्पक्ष छानबिन र कानुनी संस्थाको सक्रियता मात्रै यस घटनामा न्याय दिलाउने एकमात्र माध्यम बन्न सक्छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button