समाचार

महादेवा गाउँपालिकाको शिक्षा धराशायी: अध्यक्ष मंडलको कार्यकालमा SEE पास हुने संख्या “एक” मा सीमित

नविन निर्भय यादव

सप्तरी जिल्लाको महादेवा गाउँपालिकामा शिक्षा क्षेत्र गहिरो संकटमा डुबेको स्पष्ट संकेत देखिएको छ। हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा अत्यन्तै निराशाजनक देखिएको छ—जहाँ पालिकाका चार विद्यालयमध्ये दुईबाट एक–एक मात्र विद्यार्थी उतिर्ण भएका छन्।

पकरी माविबाट ८७ मध्ये ३० जना, बथनाहा माविबाट ९४ मध्ये ७ जना, महादेवा माविबाट २३ मध्ये १ जना, र भगवतपुर माविबाट २९ विद्यार्थीमध्ये पनि १ जना मात्र पास भएका छन्। यो स्थितिले शिक्षा संयोजक र पालिका अध्यक्षकाे नेतृत्वमा विद्यालय व्यवस्थापन प्रणाली पूर्णतः असफल भएको चित्रण गर्छ।

स्थानीय स्रोतका अनुसार, दक्ष विषयगत शिक्षकको सट्टा राजनीतिक ध्रुवीकरण र भोट बैंकको रणनीतिमा आधारित नियुक्ति प्रणालीले संकट उत्पन्न गरेको हो। योग्य शिक्षकहरूको उपेक्षा, कमजोर पाठ्यक्रम कार्यान्वयन, र मूल्याङ्कन प्रणालीको अभावले पालिका शिक्षालाई अधोमुखी बनाएको आरोप छ।

अझ गम्भीर कुरा त यो हो कि पत्रकारहरूले बुधबार अध्यक्ष सुनिल मंडल तथा शिक्षा संयोजकसँग प्रतिक्रियाका लागि बारम्बार सम्पर्क गर्न खोज्दा न त कार्यालयमै उपस्थित पाइएको, न त फोनबाट कुनै जवाफ प्राप्त भयो। यस्तो मौनता र बेवास्ताले स्थानीय नागरिकमा आक्रोश र अविश्वास बढाएको देखिन्छ।

शिक्षा भनेको समाज निर्माणको मेरुदण्ड हो—तर महादेवा गाउँपालिकामा अब शिक्षा संकटको दायरा मात्र होइन, विश्वसनीयताको खाडल पनि गहिरिँदै गएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button