समाचार

शिक्षा संयोजक रायको प्रतिवेदनले उजागर गर्यो तिलाठी कोईलाडीको शिक्षा संकट

सम्पादकीयोजनाका 

सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाको यस वर्षको SEE नतिजा अत्यन्तै निराशाजनक देखिएको छ। चारवटा प्रमुख विद्यालयबाट सार्वजनिक भएका तथ्यांकले देखाउँछ कि सरकारी विद्यालयहरूको अवस्था दिनप्रतिदिन दयनीय हुँदै गइरहेको छ।

लक्ष्मी बल्लभ नर्सिङ माध्यमिक विद्यालय (कट्टी)मा १७९ विद्यार्थी सहभागी हुँदा मात्र १७ जना उतिर्ण भए, जसको उतिर्ण दर ११.१७% मात्र रह्यो। लौनिया मा.वि.मा १६४ विद्यार्थी सहभागी हुँदा केवल १४ जना मात्र सफल भएका छन् (८.५३%)। कोइलाडीमा ५९ विद्यार्थीमध्ये ४ जना (६.७७%) मात्र पास भए भने, ताेपा मा .वि बाट ११५ मध्ये ४४ जना (३८.२६%) विद्यार्थीले सफलता प्राप्त गरेका छन्।

यस सम्बन्धमा पालिकाका शिक्षा संयोजक चन्द्र भुषण रायले आफ्ना टिप्पणी दिएका छन्। उहाँका अनुसार शिक्षकको विषयगत दक्षता अत्यन्तै कमजोर छ। अधिकांश शिक्षकहरू अस्थायी रूपमा ‘राजनीति भाेटो बैंक’बाट नियुक्त गरिएको र राजनीतिक हस्तक्षेपले शिक्षा प्रणाली नै विगारेको बताउँछन्। यस्तो अवस्थामा शिक्षकको उत्तरदायित्व कमजोर हुने, विद्यार्थीको मनोबल घट्ने र सम्पूर्ण पठनपाठन प्रक्रिया प्रभावहीन हुने प्रष्ट देखिन्छ।

संयाेजक रायका विचारले शिक्षा क्षेत्रमा सुधारका लागि स्थानीय तहलाई सजग गराउने स्पष्ट सन्देश दिएको छ। उहाँकै नेतृत्वमा पालिकाले पारदर्शी नियुक्ति प्रक्रिया, नियमित शिक्षक तालिम, र विद्यालयमा अनुशासन तथा स्रोत व्यवस्थापनको सुधार ल्याउनुपर्ने आवश्यकता देखिन्छ।

अब मौन रहने बेला छैन। तिलाठी कोईलाडीको शिक्षा संकट समाधानका लागि संयोजक रायको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउने जिम्मेवारी पालिकाका नीतिनिर्माताहरूको हो। भविष्य निर्माणका लागि शिक्षा अपरिहार्य छ—यसो नगर्ने हो भने हजारौं बालबालिकाको अधिकार र सपना धुमिल बन्नेछ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button