समाचार

सडक किनारमै विद्यालयको प्रार्थना : विद्यार्थीहरूको जीवन जोखिममा

सप्तरी, तिलाठी कोइलाडी —
विद्यालय भनेको बालबालिकाको भविष्य निर्माण गर्ने पवित्रस्थल हो। तर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका सकरपुरा –३ मा रहेको उग्रकान्त माध्यमिक विद्यालयका विद्यार्थीहरू आफ्नो जीवनको सुरक्षाभन्दा पनि जोखिममा बढी परेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोले विद्यालय प्रशासनको लापरवाही झल्काएको छ। विद्यालय प्रांगण नहुँदा विद्यार्थीहरूलाई सडकमै उभ्याएर प्रार्थना गराउने दृश्य खुलेको हो। व्यस्त सडक छेउमै बालबालिकाहरू अनुशासनका साथ प्रार्थनामा उभिएका छन्, तर यो अनुशासन कहिले विपत्तिमा बदलिन्छ भन्ने कुनै ग्यारेन्टी छैन।

यो अवस्था सामान्य होइन। विद्यालयकै संस्थापक र सप्तरी प्याब्सनका अध्यक्ष उग्रकान्त झाको प्रत्यक्ष नेतृत्वमा रहेको संस्थाले यस्तो जोखिमपूर्ण अभ्यास गर्दै आएको खुलासाले थप प्रश्न उठाएको छ। विद्यार्थीहरूका लागि सुरक्षित वातावरण सुनिश्चित गर्नु पर्ने जिम्मेवारी बोकेको व्यवस्थापन समिति आफैँ गैरजिम्मेवार देखिनु दुर्भाग्यपूर्ण छ।

स्थानीय बासिन्दाहरू आक्रोशित छन्। उनीहरू भन्छन्, “शिक्षा दिन भनेर खोलिएको विद्यालयले विद्यार्थीहरूको ज्यान जोखिममा राख्ने ? दुर्घटना भएपछि दोष थोपर्न कसलाई खोज्ने ?”

विद्यालय व्यवस्थापनको यस्तो चरम बेवास्ता प्रति स्थानीय तह, शिक्षा कार्यालय, जिल्ला प्रशासन र प्याब्सन केन्द्रीय समिति सबैको गम्भीर ध्यान जानु जरुरी छ। अहिले नै उपयुक्त प्राङ्गण व्यवस्था नगरी यो लापरवाही कायमै रहेमा कुनै दिन ठूलो दुर्घटना निम्तन सक्ने सम्भावना बढिरहेको छ।

बालबालिका हाम्रो भविष्य हुन् भन्ने नारा नारा मात्र नहोस्, व्यवहारमै लागू होस्। यस विषयमा प्राध्यापक उग्रकान्त झाले भन्ने मेराे विद्यालय हाे । म के गर्छु ,याे संग कसैकाे सराेकार छैन ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button