प्रहरी प्रशासन

प्रमोद ईस्पेक्टरको नेतृत्वमा लागू औषध नियन्त्रण अभियान तीव्र, तस्करहरू भागमभाग

पब्लिक प्रेस

धनकुटा— प्रहरी विभागमा इन्स्पेक्टर प्रमोद खड्काको नाम अपराध नियन्त्रणमा उल्लेखनीय योगदान दिने अधिकारीको रूपमा स्थापित हुँदै गएको छ। सप्तरी जिल्लामा १९ महिनाको कार्यकालमा उनले अपराधीहरूलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसपछि तेर्हथुम जिल्लामा ९ महिनाको सेवा अवधि पूरा गरेपछि इलाका प्रहरी कार्यालय, राजारानी धनकुटा पुगेका ईस्पेक्टर प्रमोद खडकाले मात्र २ महिनाको अवधिमा लागू औषध नियन्त्रणमा ठूला सफलता हासिल गरेका छन्।

धनकुटामा कार्यभार सम्हालेपछि प्रमोद खडका ईस्पेक्टरको नेतृत्वमा प्रहरीले लागू औषध तस्करीविरुद्ध कडा अभियान सञ्चालन गरेको छ। यस क्रममा प्रहरीले गाँजा १,८३६ किलोग्राम Tramadol ९०० पिस, तथा Daisy-20 ९०० पिस बरामद गर्न सफल भएको छ। यो सफलता लागू औषध तस्करी नियन्त्रणमा प्रहरीको दृढ संकल्पको प्रमाण हो।

इलाका प्रहरी कार्यालय,राजारानी धनकुटा कार्यालयका अनुसार, तस्करहरू र तस्करी गराउने व्यक्तिहरू हाल भगौटा अवस्थामा रहेका छन्। प्रहरीले उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन व्यापक खोजी अभियान सञ्चालन गरिरहेको छ। प्रहरी स्रोतका अनुसार, प्रमोद खडका ईस्पेक्टरको नेतृत्वमा धनकुटामा लागू औषध तस्करीविरुद्धको अभियान अझ सशक्त बनाइनेछ।

खडका ईस्पेक्टरको कार्यशैली र दृढ संकल्पले धनकुटा जिल्लामा अपराध नियन्त्रणमा उल्लेखनीय प्रभाव पारिरहेको छ। प्रहरी विभागका अधिकारीहरूका अनुसार, उनको नेतृत्वमा लागू औषध तस्करीविरुद्धको अभियानले थप सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।

धनकुटा प्रहरीको यो अभियानले लागू औषध तस्करी नियन्त्रणमा नयाँ आयाम थपेको छ। प्रहरी विभागले अपराध नियन्त्रणका लागि थप रणनीति अपनाउने तयारी गरिरहेको छ। प्रमोद ईस्पेक्टरको नेतृत्वमा धनकुटा प्रहरीले अपराध नियन्त्रणमा नयाँ उदाहरण प्रस्तुत गरिरहेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button