समाचार

स्रोत नखुलेको २५ लाख सहित सप्तरीका साह पक्राउ

पब्लिक प्रेस
राजविराज ।

काभ्रेपालञ्चोक र भक्तपुरको सिमाना साँगाबाट स्रोत नखुलेको २५ लाख नगद सहित सप्तरी जिल्ला छिन्नमस्ता गाउँपालिका वाड नम्बर ६ का संजय कुमार साह पक्राउ परेका छन ।

काभ्रेको बनेपा नगरपालिका वाड नम्बर १४ साँगा चोकबाट सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १ बस्ने वर्ष २१ को राजन धमाला र सप्तरी जिल्ला छिन्नमस्ता गाउँपालिका ६ बस्ने बर्ष ३८ को साहलाई स्रोत नखुलेको नगद पच्चिस लाख रुपैया सहित मंगलबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएस्पी एवं सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए ।

उनीहरुलाई प्रहरी सहायक निरीक्षक भगवान अधिकारीको कमाण्डमा ट्राफिकसहित खटिएको संयुक्त चेकिङ टोलिले चेक जाँचको क्रममा पनौतीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख २४१६ नंवरको यात्रुबाहक बसमा सवार अवस्थामा पक्राउ गरिएको थियो।

उनीहरु दुवै जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यलय धुलिखेलमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button