समाचार

पत्रकार मण्डललाई धम्कीप्रति फोनिज मधेस प्रदेशको गम्भीर ध्यानाकर्षण

पब्लिक प्रेस ।

सप्तरी— नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति सप्तरीका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यबाहक सचिव कृष्ण कुमार मण्डललाई धम्की दिएको घटनाप्रति फोनिज मधेस प्रदेशले गम्भीर ध्यानाकर्षण जनाएको छ।

सप्तरी जिल्ला अदालत बारकी कोषाध्यक्ष निलम कुमारी यादवका दाजु सन्तोष कुमार चमनले पत्रकार मण्डललाई अपमानजनक शब्द प्रयोग गरी धम्क्याएको घटनालाई फोनिज मधेस प्रदेशले प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेपका रूपमा व्याख्या गरेको छ।

फोनिजका अनुसार मण्डलले सप्तरी जिल्ला अदालत परिसरमा हुने लेखापढी दर्खास्त फारम भर्ने क्रममा निर्धारित शुल्कभन्दा बढी रकम असुली गरिएको समाचार सार्वजनिक गरेपछि चमनले पत्रकारमाथि अनावश्यक दबाब सिर्जना गरेको हो।

फोनिज मधेस प्रदेशले पत्रकार मण्डलको चरित्र हत्या गर्ने प्रयास तथा भ्रष्टाचारको संरक्षण गर्ने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै स्थानीय प्रशासनलाई चमनलाई कानूनी कारवाही गर्न जोडदार माग गरेको छ।

संगठनले पत्रकार मण्डललाई न्याय दिलाउन नेपाल पत्रकार महासंघसहितका सरोकारवाला निकायहरूलाई पहल गर्न आग्रह गर्दै अन्यथा संघर्षको कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button