समाचार

विद्यार्थीहरूबाट परीक्षा केन्द्र खर्चको नाममा रुपैयाँ असुली

पब्लिक प्रेस ।

सप्तरीमा १२ कक्षाको परीक्षा संचालन सम्बन्धी गम्भीर अनियमितता उजागर भएको छ। आइतवारदेखि सञ्चालन हुने १२ कक्षाकाे परीक्षामा विद्यार्थीहरू संग अत्यधिक शुल्क असुली तथा अनैतिक अभ्यासहरू को शिकार भएको गुनासो गरिरहेका छन्।

सरकारी तथा निजी क्याम्पसहरूले विद्यार्थीहरूबाट १५०० देखि २००० रुपैयाँ असुली गरिरहेको खुलासा भएको छ। परीक्षा केन्द्रमा गाइडबाट लेख्न दबाब दिइएको तथा मिनिमाइज चिटको प्रयोगलाई प्रोत्साहन गरिएको आरोप विद्यार्थीहरूले लगाएका छन्।

राजविराजको मोडेल क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले नाम नखोल्ने शर्तमा जानकारी दिँदै भने, हाम्रो क्याम्पसले परीक्षा केन्द्र खर्चको नाममा १५०० रुपैयाँ मागेको छ।” उनले थप खुलासा गर्दै भने, “सरले फोनमार्फत मेरो घरमै पैसा छोड्न भनेका छन्, अन्यथा प्रवेश पत्र नदिने धम्की दिएका छन्। “

विद्यार्थीहरू परीक्षा शुल्कबारे सार्वजनिक रूपमा आवाज उठाउन डराइरहेका छन्। कतिपय विद्यार्थीहरू आर्थिक भारका कारण परीक्षा दिन असमर्थ हुने अवस्थामा पुगेका छन्।

यस विषयमा शिक्षा मन्त्रालय तथा स्थानीय प्रशासन मौन देखिएको छ। विद्यार्थीहरू न्यायको माग गर्दै सम्बन्धित निकायहरूलाई कारवाहीको माग गरिरहेका छन्। यस विषयमा क्यापस प्रशासन संग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button