समाचार

अवैध समान सहित गाडी र चालक प्रहरी नियन्त्रणमा

पब्लिक प्रेस सम्वाददाता

राजविराज ।

 

सप्तरी प्रहरीले अबैध समान सहित गाडी र चालकलाई पक्राउ गरेको छ । सप्तरीको बलान विहुल गाउँपालिका वडा नम्बर १ बाट बिहिबार अन्दाजी राति ८ बजेतिर फलफुल बोकेको पिकअप भ्यान सहित चालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा प्र २–०१– ००१ च ०२४० नम्बर पिकअपका चालक सिरहाको लहान नगरपालिका १ का २५ बर्षिय रविन महतो रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी चनहीबाट खटिएको गस्ती टोलीले चनही हुँदै बेलही तर्फ जाँदै गरेको गाडीलाई चेकजाँज गर्दा गाडी भित्र अबैध रुपमा भन्सार छली चोरी पैठारी गरि ल्याएको १८ लाख ५९ हजार ९ सय बराबरको स्याउ, सुन्तला र आँप फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उक्त फलफूल गाडी सहित चालकलाई आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार वस्नेतले जानकारी दिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button