समाचार

भ्रामक समाचारप्रति जनमत पार्टीको कडा प्रतिक्रिया: सत्यतथ्यको खोजीमा दृढ अडान

 

पब्लिक प्रेस ।

जनमत पार्टीले हाल सामाजिक सञ्जाल र अन्य माध्यमहरूमा फैलाइएका भ्रामक समाचारहरूबारे गम्भीर ध्यानाकर्षण भएको छ। पार्टीले यस्ता गलत सूचनाहरूले जनमानसमा नकारात्मक प्रभाव पार्ने भन्दै सत्यतथ्यको खोजी गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन प्रतिबद्धता व्यक्त गरेको छ।

पार्टीका अनुसार, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव र उपाध्यक्ष दीपक कुमार साहमाथि लगाइएका आरोपहरूको छानबिन भइरहेको छ। यादवले जनकपुरधामको ‘मधेश आश्रम’ र इमाडोलको घर आफ्नी श्रीमतीको नाममा राखेको, पार्टीको सम्पत्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेको, र ६० भन्दा बढी कार्यकर्ताको लगानीमा खोलिएको होटलको हिसाब नदिएको आरोप छ। पार्टीले ठोस प्रमाणका आधारमा प्रहरी अनुसन्धान अघि बढाएको छ।

त्यस्तै, उपाध्यक्ष दीपक कुमार साहमाथि पार्टी फुटाउनका लागि आर्थिक लाभ लिएको, निर्वाचन प्रचारमा नखटिएको, र पार्टीविरुद्ध षडयन्त्र गरेको आरोप लगेकाे छ । साहले पार्टीको लेटरहेड प्रयोग गरी विभिन्न व्यक्तिबाट रकम उठाएको तर सो रकम पार्टीलाई नबुझाएको विषयमा पनि छानबिन भइरहेको छ।

पार्टीले यस्ता घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै भ्रष्टाचार र गुटबन्दीको अन्त्य गर्ने योजना अघि सारेको छ। साथै, पार्टीले कार्यकर्ता र समर्थकहरूलाई यस्ता भ्रमपूर्ण समाचारहरूबाट सचेत रहन आग्रह गरेको छ।

जनमत पार्टीले सामाजिक सञ्जालमा फैलाइएका गलत सूचनाहरूले पार्टीको छवि बिगार्ने प्रयास भइरहेको भन्दै यस्ता गतिविधिहरूलाई रोक्न कडा कदम चाल्ने घोषणा गरेको छ। पार्टीले सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानूनी कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताएको छ।

पार्टीले आफ्नो पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धता पुनः दोहोर्याउँदै, यस्ता घटनाहरूले पार्टीभित्र सुधार र सुदृढीकरणको आवश्यकता झल्काएको उल्लेख गरेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button