समाचार

समाजवादी युवा संघद्वारा राँको प्रदर्शन: दोषीलाई कारबाहीको माग

पब्लिक प्रेस ।
सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. १ खुरहुरिया चौकमा समाजवादी युवा संघ नेपाल बिष्णुपुर गाउँपालिका कमिटीले आईतवार विरोधस्वरूप राँको प्रदर्शन गरेको छ। प्रदर्शनका कारण हुलाकी राजमार्ग ३० मिनेटसम्म अवरुद्ध भएको थियो।

समाजवादी युवा संघ सप्तरीका जिल्ला अध्यक्ष केदार प्रसाद यादव र बिष्णुपुर गाउँपालिका कमिटी अध्यक्ष देवेन्द्र यादवमाथि चैत २८ गते भएको सुनियोजित आक्रमणको विरोधमा राँकाे प्रदर्शन गरिएको हो। पालिका अध्यक्ष उमेश यादवको निर्देशनमा घरेलु हतियार प्रयोग गरी आक्रमण भएको आरोप लगाइएको छ।

घाइते दुवैजनालाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भर्ना गरिएको थियो। प्रदर्शनकारीहरूले दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी सप्तरीमाथि कारबाहीको दबाब दिएका छन्।

समाजवादी युवा संघ अध्यक्ष देवेन्द्र यादवले दोषीलाई कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button