पब्लिक प्रेस ।
सप्तरी जिल्ला अदालतले ठगी तथा संगठित अपराधमा पक्राउ परेका हनुमान भन्ने रामबहादुर रजक लगायतलाई धरौटी तथा साधारण तारिखमा रिहा गरेपछि पीडितले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम बेरित आदेश बदर गर्न निवेदन दायर गरेका छन्।
पीडितको अनुसार, हनुमान रजक गिराेह लगायतले बिभिन्न बहनामा रकमल लिई पैसा डबल गरिदिने प्रलोभनमा पारि संगठित रूपले ठगी गरेका हाे ।
प्रतिबादी हनुमानि रजकले म १५/ २० बर्ष देखि नै पैसा डबल गरि दिने बिश्वासमा पारि मानिहरूलाई ठगी गर्ने गरेकाे छु । साे रकमबाट आफ्नै घरमा भाेजभतेर गरी म लगायत गाउँघरका छिमेकका मानिसहरूलाई बाेलाई भाेज खुवाउन गर्थे अधिकार प्राप्त अधिकारी समक्ष समेत व्यान गरेका छन ।
यस घटनाले ठगी तथा संगठित अपराधको गम्भीरता झल्काउँछ। पीडितले अदालतमा न्यायको माग गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।