समाचार

छिन्नमस्ता गाउँपालिकाकाे एम्बुलेन्स मदिरा ओसारपसारमा ट्र्याक्टर दाजुभाइको निजी व्यपारमा

 

पब्लिक प्रेस ।
सप्तरी, छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यान्नद चौधरीमाथि सरकारी सम्पत्तिको दुरुपयोगको गम्भीर आरोप लागाएकाे छ ।  स्थानीय पत्रकार कृष्णा मंडलले सामाजिक सञ्जालमार्फत शुक्रबार रशनिवार  सार्वजनिक गरेको भिडियो फुटेजले ट्र्याक्टर र एम्बुलेन्सको अनुचित प्रयोगलाई उजागर गरेको छ।

ट्र्याक्टरको दुरुपयोग
गाउँपालिकाको ट्र्याक्टर अध्यक्ष चौधरीका दाजुभाइको निजी व्यापार व्यवसायका लागि इँटा, बालुवा, सिमेन्ट ओसारपसार गर्न प्रयोग गरिएको आरोप छ। यसले सरकारी सम्पत्तिको अनुचित प्रयोगको विषयलाई थप विवादास्पद बनाएको छ।

एम्बुलेन्स काण्ड
गाउँपालिकाको एम्बुलेन्स, जसको उद्देश्य स्वास्थ्य सेवामा सहयोग पुर्‍याउनु हो, भारतबाट अवैध सामान भित्र्याउन प्रयोग गरिएको आरोप छ। मदिरा निर्यात भइरहँदा एम्बुलेन्सले अन्य अवैध सामग्री ओसारपसार गरेको दाबी गरिएको छ।

जनताको असन्तुष्टि
जनताले अध्यक्ष चौधरीको नेतृत्वमा अर्बौं बजेट खर्च भए पनि विकासका नाममा कुनै ठोस उपलब्धि नदेखिएको गुनासो गरेका छन्। चिप्लो बोली, मनमोहक शब्द, र आश्वासनले मात्र पालिकाको विकास सम्भव नहुने जनताको धारणा छ।

सार्वजनिक प्रतिक्रिया
स्थानीय जय प्रकाश यादवले अध्यक्ष चौधरीको मनपर्दी क्रियाकलापले पालिकाको दुर्दशा निम्त्याएको आरोप लगाएका छन्। सरकारी सम्पत्तिको दुरुपयोगले जनताको विश्वासलाई कमजोर बनाएको छ।

यता साेही विषयमा पालिका अध्यक्ष संग ९८…….७७ नम्बरमा सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button