पब्लिक प्रेस ।
सप्तरी जिल्ला राजविराज नगरपालिका-७ स्थित शनिवार नगरपालिकाको सभाहलमा समाजवादी किसान महासंघ मधेस प्रदेश समितिको आयोजनामा जिल्ला भेला कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रमको अध्यक्षता हरेराम यादवले गर्नुभएको थियो भने जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र साह प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा महासंघका सदस्यहरू, कार्यकर्ताहरू, र अन्य सहभागीहरू गरी करिब ४० जनाको उपस्थिति थियो।
भेलामा भाग्य नारायण यादवको अध्यक्षतामा २८ सदस्यीय समाजवादी किसान महासंघ सप्तरी जिल्ला कार्यसमिति चयन गरिएको छ।
नवगठित समिति:
अध्यक्ष: भाग्य नारायण यादव
उपाध्यक्षहरू:मनन्थी यादव, राजकुमार मण्डल, अनिता यादव
सचिव:सत्येन्द्र कुमार मण्डल
सह-सचिव: निराजन मण्डल
सदस्यहरू: चन्द्र नारायण यादव, कलेश कुमार राय, चन्देश्वर कुमार मण्डल, अरुण कुमार यादव लगायत अन्य सदस्यहरू।
कार्यक्रमले सप्तरी जिल्लामा किसानहरूको हकहित र संगठनात्मक सुदृढीकरणका लागि नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ। नवगठित समितिले किसानहरूको समस्यालाई सम्बोधन गर्दै प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।










