समाचार

पत्रकार महासंघकाे निर्वाचनलाई लक्षित गरेर संयन्त्रकाे निर्णय

पब्लिक प्रेस संवाददाता
राजबिराज मङ्सिर २७ गते ।

सप्तरीमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली काँग्रेसबीचकाे संयन्त्र समितिले बैठक सम्पन्न गरेकाे छ ।
एमालेका पाेलिटब्युराे सदस्य तथा सप्तरी ईन्चार्ज सुमनराज प्याकुरेलकाे अध्यक्षतामा बुधबार राजबिराज स्थित एमाले जिल्ला पार्टी कार्यालयमा बसेकाे बैठकले नेपाल पत्रकार महासंघकाे निर्वाचनमा दुबै पार्टीकाे संयुक्त एलाइन्सलाई पूर्ण सहयाेग गर्ने साथै जीतमा परिणत गर्न सक्दाे लागि पर्ने निर्णय गरेकाे छ ।
यस्तै दुबै पार्टीबाट संयन्त्रमा जिम्मेवार ताेकेकाे छ । जस अनुसार एमालेका उप सचिव अखलेश झा र जिल्ला कमिटी सदस्य दुर्गानन्द ठाकुरलाई जिम्मा लगाइएकाे संयन्त्र समितिले जनाएकाे छ ।

यस्तै सप्तरीमा कृषि मलखाध र बीउ बिजन आपुर्तिका लागि केन्द्रीय सरकार र मधेश प्रदेश सरकारलाई अनुराेध गर्ने साथै स्टाेरमा रहेकाे मलखाधलाई किसानकाे हातमा पुरनेगरी जिल्ला प्रशासन कार्यालय र समन्वय निकायलाई अनुराेध गर्ने निर्णय गरेकाे छ ।
अब्यवस्थित बजारीकरणलाई नियन्त्रण गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानिय निकायहरूलाई अनुराेध गर्ने भएकाे छ । साथै रामराजा प्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान र कृषि विश्व बिधालयलाई सुचारू गर्न त्यसमा भएका समस्या एवं अवरूद्धकाे पहिचान गरि निकास निकाल्ने निर्णय गरेकाे नेता प्याकुरेलले जानकारी दिनुभयाे । मृतक सुधिर झाकाे हत्या हुनसक्ने आसङ्का बुझिएकोले यसको अनुसंधानका लागि प्रहरी प्रशासनलाई आग्रह गर्ने निर्णय भएकाे छ र याे लगायत सबै निर्णयलाई कार्वान्वयन तर्फ लैजान संयन्त्रलाई खटाइएकाे जनाइएकाे छ । केहि दिन अगाडि राजबिराज स्थित महेन्द्र क्लवका भवनमा झुण्डिए अवस्थामा उनकाे शव भेटिएकाे थियाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button