सप्तरीकाे तिलाठी काेईलाडी गाउँपालिकाकाे ट्रेकटरकाे बैट्री चाेरी भएकाे छ ।
पालिका कार्यालय प्राङ्गणमा राखेकाे महिन्द्रा कम्पनीकाे टेक्टरकाे १२ भाेल्टकाे बैट्री चाेरी भएकाे हाे ।
पालिकाका पूर्व अध्यक्ष शतिस सिंहले ल्याएकाे ४ वटा ट्रेकटरहरू कार्यालय प्राङ्गणमा बिनाकामे भएर थन्किएका छन् । बर्षाै थन्किएकाे ती टेक्टरहरूकाे कुन सामान छ, छैन पालिकामा जानकारी छैन स्थानिय शिवनाथ यादवले बताए । उनकाे अनुसार, बैट्री चाेरी भएकाे चाहिँ थाहा भयाे तर अन्य सामानपनि चाेरी भएकाे हाेकी साे थाहा भएन । बैट्री चाेरी भएकाेपनि महिनाै हुँदैछ तर सम्बन्धित पक्षले कुनै चासाे देखाउँदैन यादवले सुनाए ।
साे ट्रेकटर कुन अवस्थामा छ ? किन थन्क्याएर राखिएकाे हाे? यस विषयमा जानकारी लिन पालिका अध्यक्ष अरूण कुमार मण्डललाई फाेन गर्दा सम्पर्कमा आएन ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।