समाचार

तलब भत्ता रोकिएपछि हनुमाननगर कंकालिनीका शिक्षक तथा कर्मचारी आन्दोलनमा उत्रने

पब्लिक प्रेस संवाददाता
राजबिराज कार्तिक ०६ गते
हनुमाननगर कंकालिनी नगरपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरुले तलब भत्ता नपाएको विरोधमा ज्ञापन पत्र बुझाएका छन् । उनिहरूले मंगलबार नगरपालिका कार्यालय पुगेर नगर प्रमुख बिरेन्द्र कुमार माझी र प्रमुख प्रशासकीय अधिकृत किशाेर कुमार रामलाई छुट्टाछुट्टै ज्ञापन- पत्र बुझाएकाे हाे ।

शिक्षक तथा कर्मचारीहरुले २०८१ साल श्रावण महिनादेखि तलब भत्ता नपाएको हुँदा अविलम्व आफुहरुको तलव- भत्ता ख्वाउन ज्ञापन-पत्रमा उल्लेख गरेका छन् । तलव-भत्ता राेकिदा भर्खरै बितेकाे महानचाड बडादशैं खल्लाे भएकाे र आउदै गरेको दीपावली र छठ पर्वपनि मनाउँन साह्रै कठिन पर्ने उनिहरूकाे गुनासाे छ ।

मासिक तलव-भत्ताका लागि यस पालिकाले कार्यान्वयन नगरेको उनीहरुको आरोप छ।
ज्ञापन पत्रमा भनिएको छ, “राजनीति”को कारण देखाउँदै नगरपालिकाले शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता रोकेको छ, जसले हाम्रो जीवनयापनमा गम्भीर संकट खडा गरेकाे छ । बारम्बार मौखिक रुपमा अनुनयन गर्दा पनि कुनै सुनवाई नभएको हुँदा हामी बाध्य भई आन्दोलनको बाटो अपनाउनुपरेको छ।”

आफुहरुको तलब -भत्ता तीन दिनभित्र उपलब्ध नगराएमा कार्तिक ११ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गरी नगरपालिकाको मूल गेटमा धर्ना दिने शिक्षकहरुले चेतावनी समेत दिएका छन्।

जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाई, पत्रकार महासंघ, र नेपाल शिक्षक महासंघमा समेत ज्ञापन- पत्र बाेधार्थ गरिएकाे जनाएका छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button