समाचार

मधेश प्रदेशका तीन मन्त्री एकसाथ सप्तरीमा

डम्बर राई
कञ्चनरुप
मधेश प्रदेश सरकारका तीनवटा मन्त्रीले सप्तरीकाे विभिन्न पालिकामा पुगेर यहाँका समस्या, आवश्यकता लगायत जनबिचार, एवं माँगहरूकाे वारेमा संकलन गरेका छन् । भाैतिक पूर्वाधार मन्त्री सराेज कुमार यादव, गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखी र खेलकुद तथा समाज कल्याण मन्त्री प्रमाेद जयसवाल सप्तकाेसी, कञ्चनरूप, डाक्नेश्वरी, राजबिराज नगरपालिकाका पुगेका थिए ।

उनिहरूले त्यहाँका सडक, बाटाे, स्वास्थ्य, कृषि, खानेपानी, खेलमैदान, नदी कटान, सिंचाई, आवास, आदि क्षेत्रमा जनसमुदाय तथा सम्बद्ध पक्षले राखेका समस्यालाई यथा सम्भव समाधान गर्ने प्रतिवद्धता जनाए । कञ्चनरुपकाे स्वास्थ्य केन्द्र एवं नगर अस्पताल जाेड्ने सडकलाई कालाे पत्रे गर्ने, अस्पतालकाे भाैतिक सामान थप गरि अस्पतालकाे वृद्धि बिकासमा जाेड दिने मन्त्री यादवले बताए ।

यस्तै मन्त्री यादवले नदी नियन्त्रणलाई पनि मुख्य रूपमा चासाे दिएका छन् । पाैडाहा,सुन्दरी, खाँडाे, खडक, महुली खाेलाले कटान गरि हानी पुर्याएकाे स्थानमा नियन्त्रणकाे काम गर्न सम्बद्ध निकायलाई आवश्यक प्रक्रियाका लागि खटाउने मन्त्री यादवले भने सडक र जनता आवास निर्माणमा पनि काम धमाधम हुने छ । मन्त्री यादवले भने असार अन्तिममा बिश्वासकाे मत लिएकाे प्रदेश सरकारले २ दिनमै निर्माण गरेकाे नीति तथा कार्यक्रममा केही तलमाथि भएपनि जनमुखी कामहरू गर्ने छाै यसमा ढुक्क हुनुहाेस् ।

मन्त्री यादवले डाक्नेश्वरी नगरपालिका स्थित स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड( भिडियाे एक्सरे) सेवाकाे उद्घाटन गर्दै केन्द्रस्राेतले माँग गरेका अन्य भाैतिक सामाग्रीमा सहयाेग उपलब्ध गर्ने प्रतिबद्ध गरे ।
यस्तै साेही पालिकामा ५ किलाेमिटर सडक कालाेपत्रेका लागि तत्कालै काम सुचारु गर्न प्रदेश सरकारबाट बजेट उपलब्ध गर्ने वचन दिए । गृह, सञ्चार तथा कानून मन्त्री लेखीले शान्ती सुरक्षाकाे प्रत्याभूति जनताले चाहे जस्ताे हुने बताए । यस्तै खेलकुद तथा समाज कल्याण मन्त्री जयसवालले कञ्चनरुप ९ स्थित मदन भण्डारी खेलग्रामकाे काम सुरू गर्ने बताए । मधेश प्रदेशमा खेलकुद नियमावली नै बनेकाे थिएन, बल्ल आफ्नो प्रयासबाट नियमावली बनेकाे छ अब म काम गर्छु उनकाे अभिब्यक्ती थियाे । साेमबारै तीनवटै मन्त्री, नेकपा एमाले पाेलिटब्युराे सदस्य एवं सप्तरी ईन्चार्ज सुमनराज प्याकुरेल डाक्नेश्वरी नगरपालिका स्थित नेकपा एमाले ४ नम्वर वडा कमिटीले आयोजना गरेको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button