समाचार

स्थानिय सरकार बाँदरकाे हातमा लड्डु भने झै : नेता प्याकुरेल

डम्बर राई
कञ्चनरुप

नेपाल कम्युनिष्ट पार्टी एमाले पाेलिटब्युराे सदस्य एवं पूर्व राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले संविधान भनेकाे शक्ति संकलन दस्तावेज हाे भन्नुभयाे । राजनीतिक दलकाे शक्तीकाे प्रभाव अनुकुल संविधान निर्माण हुने गर्दछ यसैले संविधानलाई शक्ति संकलन दस्तावेजकाे रुपमा लिइन्छ ।

कञ्चनरुप नगरपालिकाकाे आयोजनामा बिहिवार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मनाउने क्रममा प्रमुख अतिथिकाे आसनबाट समाराेहलाई संवाेधन गर्दै उहाँले भन्नुभयाे, हामीले लामाे समयदेखि सशक्त आन्दोलन गरेर नेपालकाे संविधान प्राप्त गरेका हाै । नेपाली जनताले २००७ सालमा बहुदलिय ब्यवस्था ल्याए तर त्यतिबेला सामन्तवादलाई चिन्न नसकेका कारण राजतन्त्र माैलायाे यसैका कारण २०१५ सालमा नेपाली काँग्रेसले दुइतिहाई बहुमत ल्याएरपनि राजतन्त्र स्वीकार्नै पर्याे नेता प्याकुरेलले ईतिहास सारसंक्षेप गर्नुभयाे ।
फेरीपनि हामीले संघर्ष गर्दै गयाै जसकाे परिणाम २०४६ चैत्र २६ गते बहुदलिय प्रजातन्त्र ल्यायाै ततपश्चात २०४७ संविधान जारी भयाे उहाँले भन्नुभयाे तर त्याे संविधान नेपाली जनताले चाहे जस्ताे नभए कारण २०४७ काे अन्दोलनलाइ जाेगाउन हुदैन । नेपालकाे संविधानकाे वारेमा कुरा गर्दा हामीले बुझ्नै पर्ने के कुरा हाे भने संविधानपनि समयानुकुल परिवर्तन हुनुपर्छ १० बर्ष भइसकेकाे २०७२ काे संविधानमा केही परिवर्तन गर्नुपर्छ भने गर्न सकिने उहाँले बताउनु भयाे । यसमा राजनीतिक शक्तीहरुबीच एकरुपता छैन, केहिलाई ठीक छ केहिलाई परिवर्तन चाहिएकाे छ । उहाँले वर्तमान सरकारकाे भुमिका समृद्ध नेपाल सुखी नेपाली बनाउने हाे भन्नुभयाे।

प्रसंग बदल्दै उहाँले स्थानिय सरकार बाँदरकाे हातमा लड्डु थमाई दिएकाे तर्क जाेड्दै भन्नुभयाे, स्थानिय स्तरमा बिकासकाे परिकल्पनानुसारकाे गति पक्रन सकिरहेकाे छैन । संविधान दिवसकै यधपी आजकै दिनबाट आफुले प्रण गर्दै र अरुलाईपनि अनुराेध गर्दै नगर बिकासमा एकजुट हुन आग्रह गर्नुभयो । उहाँले याेपनि आग्रह गर्नुभयो कि याे नगरपालिका भ्रष्टाचारमुक्त बनाऊ ।
प्रमुखले नगरमा भ्रष्टाचार नगर्ने हाेभने ७५ प्रतिशत सुधार भएर जाने उहाँले ठाेकुवा गर्नुभयाे । अब यस नगरपालिकाबाट कसैलेपनि एक रुपैयाँ लिन्न, खान्न भन्ने संकल्प गराै त बिकासकाे गति पूर्णरुपले बढ्ने छ उहाँले सुझाव दिनुभयाे ।

नगर प्रमुख ललन प्रसाद गुप्ताले आफू बिकासप्रेमी रहेकाे दावी गर्दै अहिले थाेरै समयभित्र शिक्षा, स्वास्थ्य र कृषिमा राम्रै प्रगति भएकाे बताउनु भयाे । आफू नगरप्रमुख भएर आएदेखी नै कसैप्रति भेदभाव तथा तलमाथिकाे व्यवहार गरेकाे छुइन उहाँले भन्नुभयाे, सबैकाे सल्लाहबाटै जनतामुखि काम गर्दै गइरहेकाे छु र गर्ने छु । उहाँले प्रदेश स्तरमा कञ्चनरुप हरेक क्षेत्रमा अग्रस्थानमा रहेकाे खुलाउनु भयाे ।

उहाँले संचार माध्यमबाट आफुमाथि आक्षेप लगाइएको बताउनुहुदै यस्ताे भ्रामक कार्य नगरिदिन आग्रह समेत गर्नुभयो । तपाइहरुले साथ दिनुस, हौसला प्रदान गर्नुस म बिकास गरेर देखाउछु गुप्ताले प्रण गर्नुभयाे । आफू भ्रष्टाचारि नभएको तर अरुले भ्रष्टाचारिको नाममा मुद्धा लगाउने कुकार्य खेलले आफ्नो मनमा एक प्रकारको शिथिलता आएको नगरप्रमुख गुप्ताले दु:खेसाे पाेख्नुभयाे । यस्तै नगर उपप्रमुख मुना पाेखरेल, वडा नम्वर ८ का पूर्व वडाध्यक्ष राजकुमार साह, समाजसेवी देवेन्द्र गुप्ता, कार्यपालिका सदस्य तनुकलाल बरहीले शुभकामना मन्तव्य राखेका थिए भने
वडा नम्वर ७ का वडाध्यक्ष श्यामानन्द चाैधरीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । राजनैतिक जिम्मेवार, कर्मचारी, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकायका जिम्मेवार लगायत बाक्लाे सहभागिता रहेका साे कार्यक्रम स्वास्थ्य शाखा संयाेजक डम्बर प्रसाद गुप्ताले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button