समाचार

संविधान दिवस:एमालेद्वारा भारदहमा मैनबत्ती प्रज्वलन

 

नविन यादव /

राजविराज।मधेसवादी दलहरूको असहमतिबीच संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ ले ९ वर्ष पुरा गरिसकेको छ।यसबीच संविधानमा प्रदत्त कैयन अधिकार नागरिकले उपभोग गर्न सकेका छैन ।त्यसकारण संविधान पूर्ण कार्यान्वयनमा आउन नसकेको हो ।
यसैबीच आज नेपाल सरकारले संविधान तथा राष्ट्रिय दिवस मनाएका छ्न भने सत्ता बाहिर रहेका जनता समाजवादी पार्टी नेपाल लगायतका दलहरूले कालो दिवस मनाएका छ्न।

नेपाली कांग्रेस,नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)लगायतका दलहरूले सप्तरीमा संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाएका छ्न।सप्तरीको विभिन्न पालिकाहरुले समेत आज यो दिवस हर्षौल्लासका साथ् मनाएका छ्न।

यसैक्रममा नेकपा(एमाले)सप्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका क्षेत्रीय कमिटीको आयोजनामा आज साँझ मैनबत्ती प्रज्वलन गरी दिपावली मनाएको छ।पूर्व पश्चिम लोकमार्ग अन्तर्गत भारदह बजारमा उनीहरुलेले मैनबत्ती प्रज्वलन गरि यो दिवस मनाइएको आकाश बहडखेरले जानकारी दिएको छ।उनका अनुसार करिब दुई सय नेताकार्यकर्ताहरुको सहभागितामा मैनबत्ती प्रज्वलन गरी दिवस मनाइएको हो।हनुमान नगर कंकालनी नगरपालिका अध्यक्ष अकाश बहडखेरको अध्यक्षता,क्षेत्रीय अध्यक्ष सोभित लाल पघैयाको प्रमुख आतिथ्यता र राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष अशोक गोठियाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

संविधानमा त्रुटिहरु देखाउँदै ‘सवाल’ उठाईरहेका मधेस केन्द्रित दलहरूको प्रवृत्ति भने फरक देखिन्छ ।उनीहरूमा सत्तारूढ हुँदा संविधान दिवस मनाउने र प्रतिपक्ष हुँदा कालो दिवस मनाउने प्रवृत्ति बिगत ९ वर्षदेखि चल्दै आएको छ।पहिचान र अधिकारका निमित्त आर-पार लडने ढाँडस दिएका उनीहरू सत्तामा पुग्ने बाहेक केही नगरेको वितृष्णा जनमानसमा रहेको पाइन्छ ।

संविधान तथा राष्ट्रिय दिवस मनाउदैमा संविधानमा प्रदत्त अधिकार सबै उपभोग गर्न सक्दैनन् ।यसमा भएका अधिकार र हक उपभोग्य हुने गरी कार्यान्वयन आवश्यक रहेको देखिन्छ ।तसर्थ,दुई ठुला राष्ट्रिय दलको संयुक्त सरकारले अब देशलाई समृद्धिको बाटोमा अगाडी बढाउन संविधान संशोधन र कार्यान्वयन पक्षमा विषेश ध्यान दिनैपर्छ ।तात्पर्य ,संविधान जतिसुकै राम्रो भएपनि यदी कार्यान्वयन सही ढङ्गले भएन भने त्यसले उत्कृष्टता हासिल गर्न सक्दैन ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button