समाचार

विजयनगर गाउँ कमिटीकाे अधिवेशनकाे उद्घाटन गर्न आजा मुख्यमन्त्री आचार्य आउँदै

धर्मेन्द्र कुमार कुर्मी  गेडुवजोत

नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले विजयनगर गाउँ कमिटीको दाेस्राे अधिवेशन भदौ २८ गते शुक्रबार हुने भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाेस्राे गाउँ कमिटीकाे अधिवेशनकाे उद्घाटन गर्न आउने भएका छन् ।

दाेस्राे अधिवेशन भव्यरुपमा उद्घाटन गरिने तयारी भई सकेकाे गाउँकमिटीका सचिव गाेकर्ण प्रसाद सापकाेटाले बताए । अधिवेशनलाई सफल बनाउन विभिन्न उप-समिति गठन गरि जिम्मेवारी समेत बाँडफाँड गरिएको उनले बताए । अधिवेशनकाेे तयारीका कामहरूलाई व्यवस्थित रूपमा अगाडी बढाउन कमिटीमा आबद्ध सदस्यहरुलाई निर्देशनसमेत गरिएको सापकोटाले जनाए ।

 

नेकपा एमाले प्रदेश कमिटीका सदस्य गाेपाल बहादुर थापाले बैठकमा सहभागी नेताहरूलाई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जाेड दिएका छन् । गाउँपालिकाका अध्यक्ष समेत रहेका थापाले स्थानीय स्तरमा दिगो विकास र सामाजिक एकताको महत्त्वपूर्ण कदमको रूपमा यसलाई लिएको बताए । अधिवेशनलाई भव्य रुपमा सफल बनाउन सबै नेताहरुलाई उनलेे आग्रह समेत गरे

।

 

 

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button