समाचार

कञ्चनरुपमा कामकाज राेकिदा सेवाग्राही मारमा

पब्लिक प्रेस ।
राजबिराज |

नेपाल कम्युनिष्ट पार्टी एमाले कञ्चनरुप नगर कमिटीले कञ्चनरुप नगरपालिकाकाे सम्पूर्ण सेवा, काम काज राेकिएकाेमा दु:ख व्यक्त गरेका छन् । आइतबार नगर कमिटीद्वारा जारी प्रेस बिज्ञप्तीमा नगर प्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृतकाे काेठामा भदाै ५ गतेदेखि तालाबन्दी हुँदा सेवाग्राहीहरु मारमा पर्दै आएका उल्लेख गरिएको छ ।
कर्मचारीहरुकाे हाजिरी रजिष्टर, दर्ता- चलानी रजिष्टर प्रमुख प्रशासकीय अधिकृतकाे कार्यकक्षमा बन्द रहेकाेले कर्मचारीहरुले दैनिक हाजिर गर्न नपाएकाे साथै कामकाजका लागि निमित्त प्रमुख नताेकिदा कर्मचारीहरु दैनिक कार्यालय जाने आउने गरेतापनी सेवा ग्राहिको कामकाजमा भने प्रतिकुल प्रभाव परेको भन्दै नगर कमिटीले घाेर भत्सर्ना समेत गरेकाे छ ।

सेवाग्राहीहरुकाे दैनिक कामकाजमा बाधा नपुर्याई सहजरुपमा सेवा सुविधा सुचारु गर्न व्यवस्था मिलाउन र कर्मचारीकाे दैनिक हाजिरीका साथै कामकाज यथासिघ्र संचालनकाे बिज्ञप्तीद्वारा माँग गरेकाे छ । साथै नगर सचिव केवल खत्रीद्वारा जारी बिज्ञप्तीमा जनताकाे दैनिक कामकाजमा पर्न आएको अवरोधप्रती राजनैतिक पार्टीकाे हैसियतले गम्भीर भएकाे उल्लेख छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button