समाचार

राजगढ गाउँपालिका अध्यक्षले आफ्ना गल्तीको आत्म आलोचित हुने निकास खाज्दै

पब्लिक प्रेस संवाददाता
राजबिराज साउन २८ गते ।
सप्तरीकाे राजगढ गाउँपालिकाले साेमबार प्रेस बिज्ञप्ती जारी गरेकाे छ । पालिका अध्यक्ष ओम प्रकाश मंडलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा पत्रकारहरुसंग भएकाे अप्रत्यासित घटनाप्रति दु:ख ब्यक्त गरेकाे छ ।
बिज्ञप्तीमा भनिएकाे छ कुनैपनि समस्याकाे समाधान वार्ता र संवादकाे माध्यमबाट नै हुने मान्यतालाई मध्य नजर गर्दै उक्त घटना सम्बन्धमा वार्ता र संवादकाे माध्यमबाट निकास खाेज्न सम्वद्ध सम्पूर्ण पत्रकार ज्यूहरुसंग अनुराेध गर्द छु ।

पालिकामा यहि साउन २२ गते समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सचिव समेत रहनु भएका कान्तीपुर टेलिभिजनका संवाददाता राम नारायण बिश्वास, महासंघ कै काेषाध्यक्ष एवं राजबिराज दैनिकका प्रकाशक नवीन गुप्ता र महासंघका कार्य समिति सदस्य एवं नेपाल समाचारपत्रका संवाददाता बिधानन्द रामलाई दुर्व्यवहार गरेका थिए ।

घटना लगत्तै महासंघले प्रेस बिज्ञप्ती जारी गरि दाेषीमाथि कारवाहीकाे माँग राखी जिल्ला प्रहरी कार्यालय राजबिराजमा जाहेरी दिएका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button