समाचार

जनता जनप्रतिनिधि चरणबद्ध आन्दाेलनमा

पब्लिक प्रेस – 

रुपेश यादव, प्रवेश मिश्र, राजविराज ।

 

रुपेश यादव, प्रवेश मिश्र, राजविराज । विभिन्न १० बूँदे माग सहित राजगढ गाउँपालिकाका जनतासहित केहि जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी सप्तरीका(सिडियो)लाई ज्ञापनपत्र बुझाएको छ ।

कानून विधि पद्धति प्रक्रिया पूरा नगरी मिति २०८१÷३÷१० गते भएको १३ औँ गाउँसभा पुनः सञ्चालन सहित राजगढ गाउँपालिकाको जनता तथा जनप्रतिनिधिले १० बूदेँ माग राखि जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातिलाई ज्ञापन पत्र बुझाएका हुन् ।

आज (आईतवार) राजगढ गाउँपालिका वडा नं.–५ का वडा अध्यक्ष दुखीलाल भन्ने देवेन्द्र प्रसाद साहको नेतृमा १ नम्बर वडा अध्यक्ष उपेन्द्र यादव, २ नं.का वडा अध्यक्ष जितेन्द्र कुमार यादव लगायत १३ जना सदस्य सहित जम्मा ६३ जनाको हस्ताक्षर सहितको ज्ञापनपत्र स्थानिय अगुवा तथा नेता रामाकान्त यादवले सिडियो समक्ष बुझाएको जानकारी गराएहुन् ।

अगुवा तथा नेता रामाकान्त यादवका अनुसार ३३ जना कार्यपालिका सदस्य मध्ये उपाध्यक्ष सहित १७ जना १३ औँ गाउँसभाको विपक्षमा रहेको हस्ताक्षर सहितको ज्ञापनपत्र अधिकारी समक्ष बुझाएको जानकारी दिए । वडा अध्यक्ष देवेन्द्र प्रसाद साहका अनुसार हाम्रा मागहरु, “मिति २०८१÷३÷१० गते भएको १३ औँ गाउँसभा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरित भएको गाउँसभा बदर गरी पुनः गाउँसभा गर्नुपर्ने, २०७९÷०८० र २०८०÷२०८१ मा कुन निकायबाट कति रकम गाउँपालिकाले प्राप्त गरेका विवरण सहित २०८० को लेखापरिक्षणको प्रतिवेदनको विवरण, वडा नं. ३ अन्तर्गतका करिब २२५ जनाले ०७९÷०८०को सामाजिक सुरक्षा तत्काल उपलब्ध गराउँनुपर्ने रहेकोछ ।

त्यस्तै, कार्यालयमा कार्यरत स्थायी, अस्थायी, करार र डोरहाजिरीको विवरण, पालिकालाई आर्थिक व्यवभार पर्ने गरी अध्यक्षको मातहतमा रहेको ३ वटा मोटरसाईकल र दुई वटा स्कारपियो राख्नुको कारण सहित अध्यक्षले नै स्पष्टिकरण दिनुपर्ने, कर्मचारीहरु नियमित कार्यालय नआउनुको कारणको जानकारी, स्वयमसेवक शिक्षक तथा प्रशासनिक सहायक पदका कर्मचारीले तलबभता यथाशिघ्र मिलाउँनु पर्ने, १३ औँ गाउँसभाको निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थिति मै राख्ने, माग पुरा नहुन्जेल सम्म गाउँपालिकाको काम कार्यवाही ठप्प गर्ने, नगरे थप आन्दोलनका कार्यक्रम गर्ने” जस्ता माग राखि सिडियो मेख बहादुर मग्रातिलाई पालिकाका जनप्रतिनिधि सहित जनताले ज्ञावन पत्र दिएका छन् ।

साथै साउन २७ गते कार्यालय परिसरमा धर्ना, साउन २९ गते कार्यालयमा तालाबन्दी र ३१ गते नारा जुलुस गर्ने गरी चरणबद्ध आन्दाेलनका कार्यक्रम समेत घोषण गरेका छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button