समाचार

नेशनल लघुबित्त द्वारा सप्तकोसी का बाढिपिडितलाइ राहत बितरण

पब्लिक प्रेस – 
खगेन्द्र कार्की ,सप्तकोसी 

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फतेपुर सप्तरीद्वारा बाढी पीडितहरु लाइ राहत बितरण गरेको छ।

नेशनल लघुबित्तले सप्तकोसी नगरपालिका वडा न २ सुकुम्बासी टोलमा गत असारमा अविरल बर्षाका कारण आएको बाढिले पिडित बनेका सस्थाका ५ जना सदस्यहरुलाइ राहत बितरण गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तरगत लघुबित्तले बाढिले डुबानमा परेका पिडितलाइ केहि मात्रमा भए पनि सहयोग पुर्याउने उद्देश्यले राहत स्वरुप प्रति ब्याक्ती १ बोरा चामल १ केजी दाल १ लिटर खाने तेल १ केजी नुन २ केजी आलु र २केजी प्याज बितरण गरिएको शाखा प्रमुख सन्तोष कुमार यादबले जानकारी दिए।

गत असारमा आएको बाढिले सप्तकोसी नगरपालिका वडा न २ को सुकुम्बासी र मुसहर बस्तिका ५४ घर डुबानमा परेका थिए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button