समाचार

प्रतिनिधिसभा बैठक बस्दै,मन्त्रालयको बजेटमाथि छलफल हुने

 

 

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा चारवटा मन्त्रालयका लागि छुट्याइएको विनियोजन बजेटमाथि छलफल हुनेछ।

सहरी विकास,रक्षा,महिला,बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन बजेटमाथि छलफल हुनेछ।योसँगै सांसदहरूले दर्ता गरेको खर्च कटौतिको प्रस्ताव पनि पेश हुने कार्यसूची छ।

मंगलबारदेखि विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथि छलफल सुरू भएको हो। मंगलबार शिक्षा तथा विज्ञान प्रविधि,कृषि तथा पशुपन्छी विकास र श्रम तथा रोजगार मन्त्रालयको बजेटमाथि छलफल भएको थियो।अन्नपूर्ण

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button