समाचार

काँग्रेसकाे अस्तित्व समाप्त भएकाे एमाले नगर कमिटीकाे आरोप

पब्लिक प्रेस संवाददाता
कञ्चनरुप  |

नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटी कञ्चनरुपले नेपाली काँग्रेसकाे अस्तित्व समाप्त भएकाे साेमबार जारी बिज्ञप्तीमा उल्लेख गरेकाे छ । बिज्ञप्तीमा भनिएकाे छ नेपाली काँग्रेसमा सङ्कीर्ण साेंच भएका केही नेता तथा कार्यकर्ताहरूबाट अतिरञ्जित र बदनियत ढंगबाट एमालेलाई र यसका नेतालाई बदनाम गर्ने काम भएकाे छ ।

वर्तमान समयमा संघिय र प्रदेशमा दुवै पार्टीकाे गठबन्धन सरकार भएकाे सर्व बिदित रहेकाे उल्लेख गर्दै एमाले नगर कमिटीका सचिव केवल खत्रीद्वारा जारी बिज्ञप्तीमा भनिएकाे छ दुबै पार्टीले नङ र मासुकाे सम्बन्ध राखेर देशमा प्रतिनिधिकाे भूमिका निर्वाह गर्नुपर्ने समयमा पार्टी र पार्टीका नेता तथा कार्यकर्ताहरूलाई टिक्का टिप्पणी, आरोप , प्रत्याराेप र बिराेध गर्नु शाेभायमान हाेइन । काँग्रेसकै नगरप्रमुख र नगर उपप्रमुख रहेकाे साे कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ताहरू सहभागी नभएर उल्टै हाम्राे नेताकाे वारेमा दुष्प्रचार गर्नु भनेकाे काँग्रेसकै अस्तित्व समाप्त भएकाे बिज्ञप्तीमा छ । नगरपालिका केही समूहले कब्जा गर्ने र कब्जा समूहले हाम्रै बर्चस्व रहाेस भन्ने खालका दुष्कार्य र दुष्प्रयास प्रचारवाची नगर्न र भविश्यमा गैर राजनैतिक कु कार्य नगर्न / नगराउन सचेत समेत गराएकाे उल्लेख छ । साथै यस्ता गलत प्राेपाेकाण्ड नदाेहाेर्याउन एमाले नगर कमिटीले आग्रह समेत गरेका छन् ।

कञ्चनरुप नगरपालिकाले असाेज ३ गते सम्पन्न गरेकाे संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ कार्यक्रममा नेकपा एमालेका पाेलिटव्युराे सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेललाई प्रमुख आतिथ्य गराएको संदर्भमा काँग्रेसका नगर कार्य समिति, प्रदेश सभा क्षेत्र नम्वर १(क) र (ख) ले शनिबार प्रेस बिज्ञप्ती जारी गरेर खेद प्रकट गरेकाे थियाे ।
साथै जारी बिज्ञप्ती मार्फत सुमनराज प्याकुरेलले मन्तव्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई तथानाम बाेलेकाे आरोप लगाइएकाे थियाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button