समाचार

जसपाले गर्याे सप्तरीमा जिल्ला कार्य समिति घाेषणा पब्लिक प्रेस संवाददाता

पब्लिक प्रेस संवाददाता
राजबिराज साउन २८ गते ।

सप्तरीमा जनता समाजवादी पार्टीले जिल्ला कार्य समिति गठन गरेका छन् ।

राजबिराज स्थित जिल्ला समन्वय समितिकाे सभाहलमा आयोजित जिल्ला कार्य समिति सप्तरी घाेषणा कार्यक्रममा छिन्नमस्ता गाउँपालिका निवासी सत्य नारायण यादवकाे अध्यक्षतामा २९ सदस्य जिल्ला कार्य समिति गठन गरेकाे हाे ।

समितिका सदस्यहरुमा दयानन्द गाेइत, ईन्द्रदेव यादव, सुरेन्द्र साह, चित्तरञ्जन यादव, संताेष मंडल, शक्ति यादव, मुखिलाल चाैधरी, माे. जिब्रिल मियाँ, रविन पासवान, भगवती मिश्र, रामदेव यादव, मुखालाल यादव, उमेश यादव, शिवनाथ राय, नारायण यादव, परमेश्वर मंडल छन् ।
यसैगरी सदस्यमा हरी नारायण साह, ओम प्रकाश मंडल, महेन्द्र प्रसाद चाैधरी, धनाराम मंडल, रान्सु चाैधरी, हरी प्रसाद राम, बविता मंडल, धुरन यादव, चन्द्रा साह, जितेन्द्र साह, अर्जुन परियार रहेकाे आयोजकले जानकारी दिएका छन् ।

पार्टीका अध्यक्ष अशाेक कुमार राई, नेपाल सरकारकाे खानेपानी मन्त्री प्रदिप कुमार यादव, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशाेर साह, पार्टी उपाध्यक्ष रेणु यादव लगायत कार्यक्रममा सहभागी रहेका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button