समाचार

खानेपानी महशुल दररेटकाे बिराेध गर्दै उत्रिए स्थानिय उपभाेक्ता

डम्बर राई
कञ्चनरुप साउन २१ गते ।

खानेपानी महशुलकाे बिराेधमा स्थानिय उपभाेक्ताहरु आन्दोलनमा उत्रीएका छन । सप्तरीकाे कञ्चनरुप नगरपालिकामा संचालित कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाकाे महशुल दररेट महँगाे भएकाे भन्दै उपभाेक्ताहरुले साेमबार नारा जुलुस गर्दै बिराेध गरेका हुन् ।
आन्दोलनकारीहरुको जुलुसले खानेपानी चाहिदैन, महँगाे महशुल बन्द गर, खानेपानी ब्यवस्थामा सुधार गर, खानेपानी स्वच्छ देउ, गुणस्तरहीन मिटर बन्द गर लगायतका नारा लगाउदै कञ्चनपुर बजार एरीया परिक्रमा पछि हटीया स्थित संस्थाकाे कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका थिए । संघर्ष समितिले बुझाएकाे ज्ञापन पत्रमा आफुहरुको माँग पूरा नभए आन्दोलन जारी राख्ने उल्लेख रहेको कार्यालयले जनाएका छन ।

यता संस्थाका सचिव राेशन कुमार गुप्ताकाे अनुसार, संस्थाले गरेकाे मुख्य शर्तहरु बमाेजिम निम्नतम ६ युनिटसम्म १सय ८० रुपैयाँ, ७ देखि १० प्रति क्युमि रु ४५, ११ देखि २० प्रति क्युमि ५५, २१ देखि ३० प्रति क्युमि ७० रुपैया र ३० भन्दा माथि १०० रुपैयाँ थप हुँदै जाने छ तर यसलाई पनि हामीले कटाैती गरेर लगेका हाै । अहिले संस्थाले ८ युनिटसम्म १ सय ५० रुपैयाँ, ९ देखि १५ प्रति क्युमि, यस्तै १६ देखि २० सम्म ४५, २१ देखि २५ सम्म ५५, २५ देखि ३० सम्म ६५, ३१ देखि ३५ सम्म ७५ र ३६ देखि ५४ सम्म १०० रुपैयाँ प्रति क्युमि जाेडिदै जाने खानेपानी महशुल जारी गरेकाे सचिव गुप्ताले जानकारी गराए ।
उपभाेक्ताकाे आरोप छ महशुल दररेट महँगाे भयाे तर यसमा हामी अझै बिचार याेग्य मै छाै उनले भने नगर प्रमुख, दल प्रतिनिधि, संघर्ष समिति, सराेकारवाला, सञ्चारकर्मी लगायतका समूह बसेर जे निर्णय हुन्छ तेसैलाई मानेर जाने हो । हाल नगर प्रमुख ललन प्रसाद गुप्ता भारत तर्फ गएका कारण बस्न सकिएन उहाँ आएपछी बस्ने वातावरण मिलाउने छौ गुप्ताले बताए ।
उनको अनुसार जेठ १७ गतेबाट लागु हुने गरी महशुल संकलन गरीएकाे हाे ।

एशियाली बिकास बैंक ( एडिबी) संग नगरपालिकाले २०७६ सालमा सम्झाैता गरि २०७८ बाट निर्माण कार्य सुरुभई हाल २०८१ सालबाट खानेपानी संचालनमा आएको हो । ४, ७,८,९,११ र १२ नम्वर वडाका करीव ४ हजार ६ सय घरधुरीलाई उपयुक्त खानेपानीकाे सुविधा पुर्याउने याेजनाले १२ नम्वर वडाका धरमपुर र चर्खीयामा गरि २ वटा पानीटंक र कञ्चनपुरमा एउटा पानीटंक निर्माण गरीएकाे छ । ४७ कराेडकाे लागतमा खानेपानीकाे पहिलाे चरणकाे काम सम्पन्न भएकाे र कार्यालय ब्यवस्थापन अन्तर्गतकाे दाेस्राे चरणकाे काम हुँदै गरेकाे निर्माण ब्यवसायी कम्पनी शर्मा दिवा सगुन (जेभी) काठमाण्डाैका प्राेजेक्ट मेनेजर इन्द्रमाेहन चाैधरीले बताए । चाैधरीकाे अनुसार ताेकिएका वडास्तरका ४ हजार १ सय ५७ वटा खानेपानी मिटर जडान भइसकेका छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button