पब्लिक प्रेस ।
राजविराज । सप्तरीको राजविराजमा Nirankari Eye Care, राजविराजको आयोजनामा मधेश प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुरधामको सम्पर्क कार्यालय राजविराजमा शनिबार विशेष आँखा परीक्षण शिविर सम्पन्न भएको छ।
शिविरमा नेपाल प्रहरीका १२२ जना कर्मचारीको आँखाको परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा आँखासम्बन्धी समस्या पहिचान गर्नुका साथै आवश्यक परामर्श तथा स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा शिविरमार्फत सुरक्षाकर्मीको आँखा स्वास्थ्यमा पुर्याएको योगदानको कदर गर्दै वरिष्ठ प्रहरी उपरीक्षक (SSP) ले Nirankari Eye Care का Senior Optometrist सन्तोष कुमार यादवलाई सम्मान गरेका थिए। 
सुरक्षाकर्मी तथा समुदायका नागरिकको आँखाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै Nirankari Eye Care ले गुणस्तरीय, भरपर्दो र जिम्मेवार आँखा सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

आँखा स्वास्थ्यप्रति सचेतना बढाउने तथा समयमै परीक्षण र उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले आगामी दिनमा समेत यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने आयोजकको भनाइ छ।









