समाचार

छिन्नमस्तामा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सुरु

नविन यादव निर्भय
पब्लिक प्रेस ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–५ स्थित स्वास्थ्य चौकी प्रसूति गृह लोखरममा नेपाली सेना श्री बरख गणको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सुरु भएको छ।


शनिबार बिहान ९ः०० बजेदेखि सुरु भएको शिविर श्री नं. २७ फिल्ड गुल्म तथा छिन्नमस्ता गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको हो। कार्यक्रम नेपाली सेना श्री बरख गणका प्रमुख सेनानी सोबित बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको हो।
शिविरको उद्घाटन कार्यक्रममा जिल्ला प्रमुख अधिकारी टुपराज पोखरेल, छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीसहित करिब ७० जनाको उपस्थिति रहेको थियो।
शिविरमा स्थानीय बासिन्दालाई सामान्य ओपीडी सेवा, आँखा उपचार, स्त्री तथा प्रसूति रोग, बाल रोगसम्बन्धी सेवा तथा निःशुल्क औषधि वितरण गरिँदै आएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button