समाचार

पालिका उपाध्यक्ष हराएको सूचना जारी

पब्लिक प्रेस ।
तिलाठी कोईलाडी गाउँपालिकाका उपाध्यक्ष फूल कुमारी साह बेपत्ता रहेको सूचना वडा नं. ३ का सदस्य अमोद झाले सार्वजनिक गरेका छन्। उनले आईतवार आफ्नो फेसबुक वालमा गाउँपालिकाले उपाध्यक्ष साहलाई सम्पर्कमा ल्याउन सूचना जारी गरेको जानकारी गराउँदै, कसैले देखेमा जानकारी दिन आग्रह गरेका थिए।

वडा सदस्य अमोद झाले उपाध्यक्ष साहको अनुपस्थितिका कारण न्यायिक समिति र अन्य पालिका गतिविधिहरू अव्यवस्थित बनेको आरोप लगाएका छन्। साथै, अपांग समितिको संयोजनमा अपांगता कार्ड वितरण प्रक्रियामा राजनीतिक हस्तक्षेपका कारण विवाद उत्पन्न भएको बताइएको छ।

गाउँपालिकाका स्रोतहरूका अनुसार, उपाध्यक्ष साहले पालिकाका नियमित कार्यहरूमा सहभागिता जनाउन नसकेपछि प्रशासनिक काम प्रभावित बनेको छ। यसबारे बुझ्ने प्रयास गर्दा उपाध्यक्ष साह सम्पर्कमा आउन सकेन ।

गाउँपालिकाले यो घटनालाई गम्भीर रूपमा लिँदै उपाध्यक्ष साहलाई सम्पर्कमा ल्याउन र उत्पन्न विवाद समाधान गर्न प्रयासरत रहेको जनाएको छ। तर, यस घटनाले स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीचको समन्वयमा चुनौती थपिदिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button