कृष्णानन्द भट्ट
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल पत्रकार महासंघको २७औँ अधिवेशन शुभारम्भ गर्नु भएको छ। सो अधिवेशनमा देशभरका सम्पुर्ण शाखा तथा राष्ट्रिय परिषद् सदस्यहरूको उल्लेख्य सहभागीता रहेको छ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासंघको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको थियोे। महासंघको २७औँ अधिवेशन तथ विश्व प्रेस स्वतन्त्रताको अवसरमा शान्तिबाट प्रभातफेरी कार्यक्रम आयोजना गरि रत्नपार्क हुदै भृकुटीमण्डपस्थित अधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन भएको थियो।
प्रभातफेरीमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, लगायतका पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध सञ्चारकर्मीहरुको सहभागिता थियो।
प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल लगायत संघसङ्गठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेकोे थियो।










