समाज

माइक्रो दुर्घटना ः महदेवा गाउँपालिकाका एक जनाको मृत्यु

पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
सप्तरीको राजविराजबाट खुलिएको माइक्रो पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका जलुवाटोल स्थित दुर्घटनामा परि तीनजनाको मृत्यु मध्ये एक जना सप्तरीको रहेको सनाखत भएको छ ।
मृत्यु हुनेमा महदेवा गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय शंकर मण्डल रहेको भने अर्का एक जना सुनसरीको कोशी गाउँपालिका ६ बस्ने ७० बर्षीय लक्ष्मण सदाका हुन् । एक जना अन्दाजी ४० वर्षीया महिला सनाखत हुन नसकेको सुनसरी प्रहरीले जनाएको हो ।
दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको छ भने अधिकांश सप्तरीकै छन् । सप्तरीको महादेवा गाउँपालिका ६ बस्ने वर्ष नखुलेको रबिन्द्र प्रसाद मण्डल, रविन्द्र मेहता, तिरहुत गाउँपालिका ३ गोइठीका ६८ वर्षीय जिवछ महात्मा छन् ।
यस्तै, राजविराज नगरपालिका ६ बस्ने १० बर्षीय रुद्र राय, राजविराज १२ बस्ने ४४ वर्षीय प्रमोद रजक, राजविराज नगरपालिका – २ बस्ने २४ बर्षीय भोला यादव, ३५ वर्षीय प्रदीप यादव घाइते छन् ।
त्यस्तै, माइक्रो सह चालक राजविराज–४ बस्ने २१ वर्षीय सन्तोष बास्तोला, डाक्नेश्वरी नगरपालिका ३ बस्ने ३० वर्षीया अमृता राय र तिलाठी कोइलाडी गाउँपालिका ५ बस्ने २२ वर्षीय रवि राय घाइते भएका छन् ।
राजबिराजबाट विराटनगरको लागि खुलिएको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस र काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस सोमबार बिहान एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
प्रहरी प्रवक्ता खतिवडाका अनुसार बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button