समाज

महादेवामा युवकको झुण्डिएको अवस्थामा शव फेला

पब्लिक प्रेस ।

सप्तरी जिल्लाको महादेवा गाउँपालिका–२, महादेवा टोलका २२ वर्षीय लालु मण्डल आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

बुधबार बिहान करिब ६ बजे स्थानीय बासिन्दाले लालु मण्डल आफ्नै एकतले कच्ची घरको कोठामा काठको बलोमा गम्छाको पासो लगाई झुण्डिएको देखेपछि प्रहरी चौकी महादेवामा खबर गरेका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार घटनास्थल सुरक्षित राखिएको छ र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा फरेन्सिक टोली सहितको मुचुल्का टोली खटिएको छ।

मृतकको मृत्युको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जनाइएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button