समाज

“आमाले खाइन् विषादी, छोरालाई खुवाइन्: घरेलु विवादले छाेराको ज्यान लियो”

नविन निर्भय ।

सप्तरी जिल्लाको राजविराज नगरपालिकाका चनौरा निवासी अनिल कुमार साफीकी पत्नी काजल देवी साफीले घरेलु वादविवादका कारण आईतवार साँझ विषादी सेवन गरेकी छिन्। उनले चार वर्षीय छोरा सौरभ कुमार साफीलाई पनि विषादी सेवन गराएकी थिइन्। यस घटनापछि दुबैलाई गजेन्द्र नारायण सिंह अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।

प्राप्त जानकारी अनुसार, आईतवार राति ११:३० बजे धरानबाट उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा रेफर गरिएको थियो। उपचारकै क्रममा साेमबार बिहान ४:४० बजे सौरभ कुमार साफीको मृत्यु भएको छ। काजल देवी साफीको अवस्था गम्भीर रहेको र नोबेल अस्पतालमा उपचार भइरहेको छ।

यस घटनाले घरेलु तनाव र यसका गम्भीर परिणामलाई उजागर गरेको छ। प्रहरीको टोली घटनास्थलमा खटिएको छ र आवश्यक अनुसन्धान गरिरहेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button