समाज

राजविराजमा मिलाफ नेपालको तेस्रो कार्यसमितिमा डा. यादव अध्यक्ष निर्वाचित

राजविराज, २०८२ जेठ ३१: मिथिला साहित्य कला प्रतिष्ठान नेपालले राजविराजमा एक भव्य समारोह आयोजना गरी नवनिर्वाचित अध्यक्ष र पदाधिकारीलाई शपथ ग्रहण गराएको छ। सोही अवसरमा ८९ औं साहित्यिक–सांगीतिक श्रृंखला संगै सम्पन्न भएको छ।

यसअघि बैशाख २३ गते माता छिन्नमस्ताको भूमि सखडामा सम्पन्न साधारण सभाले मिलाफ नेपाल को तेस्रो कार्यसमिति गठन गरेको थियो। जानकी नवमीको पावन दिनमा सम्पन्न सभामा पूर्वक्याम्पस प्रमुख डा. रामखेलावन यादवको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको थियो। शनिबार राजविराजस्थित प्र.वि. मा.वि. को प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा तत्कालीन अध्यक्ष रमिला साहको सभापतित्वमा नवगठित समितिले औपचारिक रुपमा पदभार ग्रहण गरेको छ।

नयाँ कार्यसमितिमा अध्यक्षमा डा. यादव, उपाध्यक्षमा सुभाष विरपुरिया, सचिवमा गजेन्द्र गजुर, सहसचिवमा राज राय, कोषाध्यक्षमा ललिता झासहित १३ सदस्यीय टोली चयन भएको हो।

कार्यक्रममा पूर्व अध्यक्ष साहले नयाँ अध्यक्षलाई शपथग्रहण गराउँदै सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरिन्। त्यसपछि अध्यक्ष यादवले आफ्ना पदाधिकारीहरुलाई पनि शपथग्रहण गराए।

समारोहमा शैक्षिक क्षेत्रमा विशिष्ट स्थान बनाएका श्री शुशिल कर्ण, सञ्चार प्राधिकरणका पूर्व अध्यक्ष तथा बहुप्रतिभाशाली व्यक्तित्व श्री श्यामसुन्दर यादव, साथै डा. सुर्या यादव, डा. सोनी यादव, संस्थापक सदस्य श्री देवेन्द्र मिश्र, गजेन्द्र गजुर र विभिन्न मैथिली भाषा–साहित्यप्रेमीहरुको उल्लेखनीय उपस्थिति थियो।

प्रमुख अतिथि श्री कर्णले भन्नुभयो– “मैथिली भाषा र साहित्यको उत्थानका लागि म सधैं संस्थासँग हातेमालो गर्नेछु।”

त्यस्तै, अध्यक्ष डा. यादवले प्रतिवद्धता जनाउँदै भन्नुभयो– “संस्थाको नियम–विधानलाई आधार मानी हामी सबै मिलेर अघि बढ्नेछौं, र मैथिली भाषा–साहित्यलाई अझ सशक्त बनाउन निरन्तर क्रियाशील रहनेछौं।”

कार्यक्रमको सञ्चालन वरिष्ठ सदस्य शम्भु श्रीले गर्नुभएको थियो।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button