पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
सप्तरी प्रहरीले सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का अन्दाजी २८ बर्षीय गंगाराम साह रहेको हो ।
जिल्ला अदलात राजविराजले साहलाई सवारी ज्यान मुद्दामा १६ दिन कैद बरदात पश्चात उनी फरार भएको थियो । फैसला कार्यान्यवनको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीका मतहत प्रहरी चौकी पत्थरगडाबाट खटिएको प्रहरी टोलीले उनलाई खोजतलास गरी प्रक्राउ पारेको हो ।
प्रक्राउ परेको साहलाई जिल्ला अदालत राजविराज दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।










