समाचार

राजविराज नगरपालिकाद्वारा विभिन्न मदरसालाई बढी भुक्तानी

पब्लिक प्रेस

सप्तरी |

राजविराज नगरपालिकाले मदरसाका विद्यालयहरूलाई दिनुपर्ने भन्दा बढी भुक्तानी दिएको खुलासा भएको छ । पालिकाले नियमलाई उलंघन गरेर दिनुपर्ने भन्दा बढी रकम भुक्तानी गराएकाे महालेखा परिक्षण २०७९/०८० मा उल्लेख छ ।

धार्मिक विद्यालय अनुदान कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/०८० को क्रियाकलाप नं. २.७.१३.४९ को बुँदा नं. ६.२ मा कक्षा १-५ सम्म सञ्चालित परम्परागत विद्यालयलाई एकमुष्ट २ लाख ४१ हजार अनुदान उपलब्ध गराउने व्यवस्था रहेकाे छ ।

यसै अन्तर्गत स्थानीय तहले सामुदायिक विद्यालयका रूपमा अनुमति लिई सञ्चालनमा रहेका परम्परागत शिक्षा दिने गुरुकुल/आश्रम, गुम्बा/विहार, मदरसा जस्ता विद्यालय यकिन गर्ने जनाइएकाे छ । महालेखा परिक्षणकाे प्रतिवेदन अनुसार यस प्रकारका विद्यालयले राहत शिक्षक अनुदान / स्वीकृत दरबन्दी प्राप्त गरेको भए यस क्रियाकलापमा उल्लेखित अनुदान रकम उपलब्ध नगराउने उल्लेख छ ।
साथै यसै प्रतिवेदनमा भनिएकाे छ यदि यस प्रकृतिका विद्यालयले राहत शिक्षक अनुदान/स्वीकृत दरबन्दी प्राप्त गरेकोमा सो फिर्ता गरी अनुदान मात्र लिन चाहेमा एकमुष्ठ अनुदान अनुदान स्वरुपमाथि उल्लेखित रकम दिन सकिने व्यवस्थाछ । तर याे व्यवस्थालाई नगरपालिकाले मदरसालाई बढी रकम दिएको खुलाइएकाे छ ।

नगरपालिकाले धार्मिक विद्यालयको नाममा आशिनिया दारुल उलुम, चनौरा,रहमानिया दारुल कुरान, जगदरी र इस्लामिया जोलहरीलाई क्रमश: २ लाख ४१ हजार निकासा दिनुपर्ने हाे तर चनाैरा स्थित मदरसालाई ७ लाख०६ हजार २ सय २२ रुपैयाँ भुक्तानी गरेकाे छ । यसलाई ४ लाख ६५ हजार २ सय २२ रुपैयाँ बढी भुक्तानी गरेकाे प्रतिवेदनमा उल्लेख छ । यस्तै जगदरी स्थित मदरसालाई ३ लाख ८० हजार ९ सय ९४ रुपैयाँ भुक्तानी गर्दा बढी १ लाख ३९ हजार ९ सय ९४ रुपैयाँ र इस्लामिया जोलहरी निकासा दिनुपर्ने ४ लाख १५ हजार ९ सय १८ भुक्तानी गराउँदा १ लाख ७४ हजार ९ सय १८ रुपैयाँ बढी भएकाे प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार जम्मा निकासा दिनु पर्ने ७ लाख २३ हजार तर नगरपालिकाले १५ लाख ३ हजार १ सय ३४ रूपैयाँ जम्मा निकास दिएको छ ।  जसमा ७ लाख ८ हजार १ सय ३४ रूपैयाँ बढी रकम नगरपालिकाले दिएको प्रतिवेदनमा उल्लेख छ । तीनवटै मदरसालाई दिइएकाे भुक्तानीमा बढी भएकाे ७ लाख ८० हजार १ सय १४ रुपैयाँ असुल गर्नु पर्ने ठहर गरिएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button