समाचार

संगठित गिराेहका कमाण्डर हनुमानीमाथि पून: ७ दिनकाे म्याद थप

पब्लिक प्रेस संवाददाता
राजबिराज 

संगठित गिराेहका कमान्डर हनुमानी भनिने राम बहादुर रजकलाई सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनकाे म्याद थप गरिएको छ ।

ठगी तथा अपराधिक विश्वासघात कसूर मुद्धामा जिल्लाकाे कोईलाडी गाउँपालिका वडा नम्बर ७ बभनगामा बस्ने ४८ वर्षीय रजकलाई सप्तरी सम्मानिय जिल्ला अदालत राजविराजको मिति २०८१ पुष ७ गतेको आदेशानुसार पक्राउ गर्न अनुमति प्राप्त भए अनुसार उनलाई पुस २१ गते प्रहरीले पक्राउ गरेकाे थियाे । पक्राउ पश्चात् २२ गते ५ दिनकाे लागि म्याद थप गरिएको थियाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button