पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
सुनसरीको हरिनगर गाउँपालिका वाड नम्बर ६ मा भिनाजुले चलाएको गोलीले सालीको हत्या भएको छ । हरिनगर गाउँपालिका– ६ घुस्कीमा आइतबार राति करिब १ बजे भिनाजुले चलाएको गोली लागि १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको तिम्सिनाले जानकारी दिए । गोली प्रहारको कारण खुलिनसकेको तिम्सिनाले जानकारी दिए ।









