समाज

कञ्चनरूप ३ तत्मा टोलमा झुण्डीएको अवस्थामा एक वृद्धको शव फेला

उत्सव आचार्य ।

कञ्चनरूप, १० असार । सप्तरीको कञ्चनरूप ३ तत्मा टोलमा झुण्डीएको अवस्थामा एक वृद्धको शव फेला परेको छ ।

कञ्चनरुप नगरपालिका–३ तत्मा टोलका ७३ वर्षीय मोहन साह मंगलबार बिहान आफ्नै गाईगोठमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ।

बिहान ०३;३० बजेको समयमा वृद्ध आफ्नै टिनको छानो भएको गाई गोठमा काठको बलोमा नाईलनको डोरी घाँटीमा पासो लगाई झुण्डी मृत अबस्थाम फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

जानाकरी प्राप्त हुन साथ प्रहरी टोली खटि घट्नाको मचुल्का कार्य सम्पन्न गरी शव पोस्टमार्टमको लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो |

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button